मानव अधिकार आयोगद्वारा उच्चस्तरीय अनुगमन टोली गठन

  ०७६ असोज १८ गते

तत्कालीन सभामुख कृष्णबहादुर महरा र रोशनी शाहीबीच भएको भनिएको ‘यौन दुव्र्यवहार’ घटनाको अनुसन्धान सम्बन्धमा राष्ट्रिय मानव अधिकार आयोगले टोली गठन गरेको जनाएको छ ।

घटना घटेको दिन असोज १२ गते रातिदेखिका सञ्चार सूचनाको अनुगमन गरिरहेको आयोगका सचिव एवम् प्रवक्ता वेद भट्टराईद्वारा असोज १७ गते जारी विज्ञप्तिमा उल्लेख छ ।

आयोगले घटनाको अनुसन्धान सम्बन्धमा नेपाल प्रहरीले हालसम्म गरेका काम कारवाही तथा पीडित र सम्बन्धित पत्रकारको सुरक्षा सम्बन्धमा भएका व्यवस्था बारेमा असोज १७ गते पत्राचार गरी जानकारी माग गरेको जनाएको छ ।

घटनाको अनुसन्धानका विविध पक्षका सम्बन्धमा सुक्ष्म अनुगमन गरी प्रतिवेदन पेश गर्न आयोगका निर्देशकको नेतृत्वमा तीन सदस्यीय उच्चस्तरीय अनुगमन टोली गठन गरेको आयोगले जनाएको छ ।

निर्देशकको नेतृत्वमा दुई जना अधिकृत सम्मिलित टोलीमा रहेका व्यक्तिहरूको नाम भने निश्पक्षता र सुरक्षाका कारण गोप्य राखिएको आयोगका सूचना अधिकारी एम्व निर्देशक डा.टीकाराम पोखरेलले जानकारी दिए ।

‘अनुसन्धान गर्ने जिम्मेवारी प्रहरीकै हो । प्रहरीको अनुसन्धान ठीक ढङ्गले भए नभएको हेर्न खोजेका हौँ ।’–पोखरेलले भने ।


दीपकप्रसाद घिमिरे