मानव अधिकारको संरक्षण र सम्वर्द्धनको लागि राज्यका निकाय प्रतिवद्धःक्षेत्रीय प्रशासक
पश्चिमाञ्चल क्षेत्रीय प्रशासक खगराज बरालले मानव अधिकारको संरक्षण र सम्वर्द्धनको लागि राज्यका निकाय प्रतिवद्ध रहेको बताएका छन् । ६८ औँ अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको सन्दर्भमा मानव अधिकार पश्चिमाञ्चल महाभेला मुल समारोह समिति र राष्ट्रिय मानव अधिकार आयोग क्षेत्रीय कार्यलय पोखराले संयुक्त रूपमा आयोजना गरेको रक्तदान कार्यक्रममा क्षेत्रीय प्रशासक बरालले सो कुरा बताएका हुन् ।
क्षेत्रीय प्रशासक बरालले आयोगका मानव अधिकार अधिकृत ज्योती घिमिरेलाई 'ब्लड ब्याग' हस्तान्तरण गरी कार्यक्रमको उद्घाटन गरेका थिए ।
हरेक वर्ष विभिन्न कार्यक्रमको आयोजना गरी मनाइने मानव अधिकार महाभेलाको लागि यस वर्षको लागि 'हाम्रो आवाज, हाम्रो सहभागिता, विकासमा आधारित हाम्रो समावेशिता' भन्ने मुल नारा रहेको बताइएको छ ।
कार्यक्रममा मानिसको सबैभन्दा ठुलो अधिकार जीवनको अधिकार भएको र मानव जीवन बचाउने रक्तदान कार्यक्रमबाट मानव अधिकार दिवसको उद्घाटन गरिनु महत्वपूर्ण शुरूवात भएको सहभागी वक्ताहरूले बताए ।
रक्तदान कार्यक्रममा २६ युनिट रगत सङ्कलन गरिएको आयोजकले बताएको छ । विगत केही वर्षदेखि राष्ट्रिय मानव अधिकार आयोग, इन्सेक, नागरिक समाज, तथा विभिन्न सङ्घसंस्थाहरूले कार्यक्रमलाई एकीकृत गरी महाभेलाको रूपमा मनाउँदै आएका छन् ।
इन्सेक पश्चिमाञ्चल क्षेत्रीय कार्यलय पोखरा
सम्बन्धित समाचारहरू
गाउँपालिका कार्यालयमा लगाइएको तालाबन्दीका कारण सेवाग्राही समस्यामा
मालिकार्जुन गाउँपालिकाको कार्यालयमा पुस २४ गतेदेखि गरिएको तालाबन्दीका कारण स्थानीय सेवाग्राहीले समस्या झेल्नु परेको छ । भवन निर्माणको विषयलाई लिएर ११ दिनदेखि तालाबन्दी गरिएको गाउँपालिकाको कार्यालय सुचारु गर्न जनप्रतिनिधिहरुले चाँसो…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले ०७७ माघ ४ गते जुगल गाउँपालिका–३ गुम्बाका २५ वर्षीय दावारेञ्जन लामालाई गिरफ्तार गरेको छ । पीडित बालिकालाई पुस २८ गते आरोपितले विवाह गर्छु…
पत्नी हत्या घटनाका आरोपित गिरफ्तार
रामपुर नगरपालिका–५ बेझाडबजारकी ५७ वर्षीया रमा कुमारी दराईको हत्या गरेको आरोपमा प्रहरीले पति ५९ वर्षीय बुद्धि दराईलाई माघ ४ गते गिरफ्तार गरेको छ । घरयासी विवादमा रमालाई उनका पतिले माघ…
बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार
२२ वर्षीया युवतीलाई बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले दङ्गीशरण गाउँपालिका–७ का ३० वर्षीय हरि देवकोटालाई माघ ४ गते गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले माघ ३ गते बलात्कार प्रयास गरेको…
कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (माघ ४ गते)
माघ ४ गते २ सय ६६ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या २ लाख ६७ हजार ३ सय २२ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत…