मानव अधिकारकर्मीहरूद्वारा हिरासत कक्षको अनुगमन
राष्ट्रिय मानव अधिकार आयोग, इन्सेक र एडभोकेसी फोरमले संयुक्त रुपमा माघ ६ गते जिल्ला प्रहरी कार्यालयको हिरासत कक्षको अनुगमन गरेका छन् ।
अनुगमन टोलीले थुनुवाहरूलाई भेटेर उनीहरूको अवस्था, स्वास्थ्य परीक्षण, थुनुवाहरूको व्यवस्थापनका विषयमा , खानाको गुणस्तर, कानुन व्यवशायीसँग थुनुवाको पहुँचको अवस्था, मुद्दामा स्वतन्त्र रुपमा बयान गर्न पाए नपाएको लगायतका बिषयमा थुनुवाबाट बारेमा जानकारी लिएका थिए ।
अनुगमनका क्रममा केही थुनुवाहरूले सरकारी वकिल कार्यालयमा गराइएको बयानमा नपढी सही गर्न बाध्य भएको, साघुरो कोठामा कोचाकोच गरी बस्नु पर्दा निकै अप्ठेरो पर्ने गरेको र शौचालय जाँन, नुहाउन समस्या रहेको बताएका थिए ।
जिल्ला प्रहरी कार्यालयका एसपी ओमबहादुर राणाले हिरासतमा ४६ जना थुनुवा रहेको बताउँदै हिरासत व्यवस्थापन र थुनुवाको आधारभुत मानव अधिकार सङ्रक्षणमा आफु प्रतिवद्ध रहेको बताउनु भयो । उहाँले प्रहरीबाट मानव अधिकार उल्लङ्घन नहोस भनेर आफु मातहतका कार्यालयका प्रहरी कर्मचारीलाई निर्देशन दिएको समेत बताउनु भयो ।
अनुगमन टोलीमा राष्ट्रिय मानव अधिकार आयोगका अधिकृत द्वारिका अधिकारी, एडभोकेसी फोरमका अधिवक्ता वसन्त गौतम र इन्सेक लुम्बिनी प्रदेश कार्यालय नेपालगन्जका प्रलेख अधिकृत विनोद पाण्डे र बाँके जिल्ला प्रतिनिधि स्मृति देवकोटा रहेका थिए ।
स्मृति देवकोटा
सम्बन्धित समाचारहरू
यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार
१३ वर्षीया बालिकालाई ०७७ फागुन १२ गते यौन दुर्व्यवहार गरेको आरोपमा सिन्धुपाल्चोक जिल्ला घर भई लिखुतामाकोसी गाउँपालिका–२ मा भाँडाको व्यापार गर्ने २२ वर्षीय सन्जु खत्रीलाई प्रहरीले सोही दिन गिरफ्तार गरेको…
मानव अधिकार कार्य योजनासम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न
मानव अधिकार सम्बन्धी पाँचौँ राष्ट्रिय कार्य योजनाको कार्यन्वयन विषयक अन्तरक्रिया कार्यक्रम फागुन १४ गते विदुरमा सम्पन्न भएको छ । राष्ट्रिय मानव अधिकार आयोगको आयोजनामा भएको कार्यक्रममा आयोगका मानव अधिकार अधिकृत…
परमादेशपछि कुटपिट घटनाका आरोपितविरूद्ध उजुरी दर्ता
डाक्नेश्वरी नपा–८ की २३ वर्षीया कोशिलादेवी मुखियालाई कुटपिट गरी गर्भपतन गराएको आरोपमा प्रहरीले डाक्नेश्वरी नपा–८ का ४५ वर्षीय राजकुमार मुखिया, ४० वर्षीय जीवन मुखिया, ५६ वर्षीय लक्ष्मी मुखिया, ४० वर्षीय…
कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (फागुन १४ गते)
फागुन १४ गते १ सय १२ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या २ लाख ७३ हजार ९ सय ८४ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत…
बलात्कार गरेको कसुरमा १८ वर्ष कैदको फैसला
१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा राजविराज नपा–४ का २२ वर्षीय मो. आसमान निरालेलाई फागुन १२ गते गते जिल्ला अदालतले १८ वर्ष कैद र १० हजार रुपियाँ क्षतिपूर्ति भराउने फैसला…