मानव अधिकारकर्मीद्वारा बाँके कारागारको अनुगमन
इन्सेक नेपालगञ्ज, एडभोकेसी फोरम आइएचआरसीमा आवद्ध मानव अधिकारकर्मीहरूले फागुन १० गते बाँके कारागारको अनुगमन गरेका छन् ।
अनुगमन टोलीले कैदी / बन्दीहरुलाई भेटेर उनीहरूको अवस्था, स्वास्थ्य परीक्षण, व्यवस्थापन , खानाको गुणस्तर, कानुन व्यवशायीसँग थुनुवाको पहुँचको अवस्था, मुद्दामा स्वतन्त्र रुपमा बयान गर्न पाए नपाएको लगायतका बिषयमा जानकारी लिएका थिए ।
अनुगमनका क्रममा कतिपय कैदी / बन्दीले मुद्दाको अवस्थाको बारेमा अदालतबाट जानकारी पाउन नसकेको गुनासो गरेका थिए । अनुसन्धानको अभावमा मुद्दामा कतिपय निर्दोष ब्यक्ति पनि गम्भीर फौजदारी मुद्दामा फस्ने गरेको कैदी बन्दीको गुनासो रहेको छ ।
जेलर राम कुमार सोनकरले बाँके कारागारको सुधारमा सहयोग गर्न सरोकारवालालाई आग्रह गर्नु भएको छ । ३ सय ५० क्षमताको बाँके कारागारमा हाल ७ सय ८३ कैदी बन्दी रहेको बताउदै टिनको छाप्रो मुनी बस्न बाध्य रहेको बताउनु भयो ।
अनुगमनका क्रममा कारागारको सेप्टी टङकीको उचित ब्यवस्थापन हुन नसक्दा शौचालयबाट निस्कने फोहर खुल्ला रुपमा बग्नाले दुर्गन्ध फैलिएको बताउनु भयो । भवन जिर्ण रहेकोले बर्षातमा पानी डुब्ने समस्या रहेको र कारागारमा उत्तर र दक्षिणमा पर्खाल नभएको कारण सुरक्षा व्यवस्थापनमा चुनौति रहेको पाइएको छ ।
जेलर सोनकरले सुरक्षा व्यवस्थापनमा २५ जना नेपाल प्रहरीको दरबन्दी रहेकोमा हाल ९ जनाले मात्र सुरक्षा दिईरहेको र नेपाली सेनाका ३६ जनाले सुरक्षा दिइरहेको बताउनु भयो । उहाँले कारागारलाई व्यवस्थित गराउनको लागि सबै सरोकारवाला निकाय र अधिकारकर्मीहरूसँग आग्रह गर्नुभयो ।
अनुगमन टोलीमा एडभोकेसी फोरमका अधिवक्ता बसन्त गौतम र इन्सेक लुम्बिनी प्रदेश कार्यालय नेपालगन्जका प्रलेख अधिकृत विनोद पाण्डे, आइएचआरसीका विश्वजित तिवारी, अधिवक्ता बलबहादुर चन्द इन्सेक बाँके जिल्ला प्रतिनिधि स्मृति देवकोटा रहेका थिए ।
स्मृति देवकोटा
सम्बन्धित समाचारहरू
यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार
१३ वर्षीया बालिकालाई ०७७ फागुन १२ गते यौन दुर्व्यवहार गरेको आरोपमा सिन्धुपाल्चोक जिल्ला घर भई लिखुतामाकोसी गाउँपालिका–२ मा भाँडाको व्यापार गर्ने २२ वर्षीय सन्जु खत्रीलाई प्रहरीले सोही दिन गिरफ्तार गरेको…
मानव अधिकार कार्य योजनासम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न
मानव अधिकार सम्बन्धी पाँचौँ राष्ट्रिय कार्य योजनाको कार्यन्वयन विषयक अन्तरक्रिया कार्यक्रम फागुन १४ गते विदुरमा सम्पन्न भएको छ । राष्ट्रिय मानव अधिकार आयोगको आयोजनामा भएको कार्यक्रममा आयोगका मानव अधिकार अधिकृत…
परमादेशपछि कुटपिट घटनाका आरोपितविरूद्ध उजुरी दर्ता
डाक्नेश्वरी नपा–८ की २३ वर्षीया कोशिलादेवी मुखियालाई कुटपिट गरी गर्भपतन गराएको आरोपमा प्रहरीले डाक्नेश्वरी नपा–८ का ४५ वर्षीय राजकुमार मुखिया, ४० वर्षीय जीवन मुखिया, ५६ वर्षीय लक्ष्मी मुखिया, ४० वर्षीय…
कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (फागुन १४ गते)
फागुन १४ गते १ सय १२ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या २ लाख ७३ हजार ९ सय ८४ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत…
बलात्कार गरेको कसुरमा १८ वर्ष कैदको फैसला
१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा राजविराज नपा–४ का २२ वर्षीय मो. आसमान निरालेलाई फागुन १२ गते गते जिल्ला अदालतले १८ वर्ष कैद र १० हजार रुपियाँ क्षतिपूर्ति भराउने फैसला…