माओवादी केन्द्रका कार्यकर्ताको आक्रमणमा तरूणदलका कार्यकर्ता घाइते भएको आरोप
नेपाली काङ्ग्रेसको भातृ सङ्गठन तरूणदलका पुथा उत्तरगङ्गा संयोजक ३५ वर्षीया नविन पुनलाई माओवादी केन्द्रका कार्यकर्ताहरूले आक्रमण गरी गम्भीर घाइते बनाएको नेपाली काङ्ग्रेस रूकुमले आरोप लगाएको छ ।
असार १८ गते राति ३० जना भन्दा बढीको सङ्ख्यामा आएका माओवादी केन्द्रका कार्यकर्ताहरूले पुनको ज्यान मार्ने उद्धेश्यले आक्रमण गरी घाइते बनाएको नेपाली काङ्ग्रेस रूकुमका सभापति प्रेमप्रकाश ओलीले आरोप लगाए ।
आक्रमण बाट गम्भीर घाइते बनेका पुनको कास्की पोखरामा उपचार हुन नसकेपछि थप उपचारको लागि काठमाडौँ लगिएको ओलीले जानकारी दिए ।
घटना पश्चात घाइते बेपत्ता भएको र हप्ता दिनपछि मात्रै आफूलाई थाहा भएपछि बाग्लुङ हुँदै उपचारको लागि पोखरा लगेपनि त्यहाँ उपचार सम्भव नभएकाले असार २५ गते काठमाडौँ लगिएको पनि ओलीले जानकारी दिए ।
घाइते पुनको टाउको र अनुहारमा खुकुरीका दर्जनौ चोट लागेको छ । गम्भीर चोटका कारण घाइते लामो समयसम्म बेपत्ता भएको कारण अवस्था निकै जटिल रहेको स्वास्थ्यकर्मीहरूले बताएको परिवारका सदस्यले जनाएका छन् ।
नेपाली काङ्ग्रेस रूकुमले विज्ञप्ति जारी गदै उक्त घटनाका दोषीहरूलाई कारबाहीको माग गदै 'जङ्गली शैली' सुधार गर्न माओवादीलाई चेतावनी दिएको छ । सभापति ओलीद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ-'यो घटनाले माओवादीको अझै जङ्गली स्वरूप बाँकी नै छ भन्ने प्रष्ट्याएको छ ।'
आदर्श केसी
सम्बन्धित समाचारहरू
भानु नगरपालिकाले लागु गर्याे स्थानीय पाठ्यक्रम
भानु नगरपालिकाले आधारभूत तह कक्षा एक देखि आठ सम्मका लागि स्थानीय पाठ्यक्रम ‘हाम्रो भानु’ लागु गरेको छ । नगरपालिकाले चालू शैक्षिक सत्र २०८० का लागि उक्त पाठ्यक्रम तयारगरि प्रयोगमा ल्याएको…
चिकित्सक कुटपिट तथा अस्पताल तोडफोड घटनामा थप आठ जना अरोपित गिरफ्तार
मणिपाल शिक्षण अस्पताल पोखराका चिकित्सक अनिल शाहमाथि असोज ८ गते कुटपिट र अस्पताल तोडफोड गरेको आरोपमा प्रहरीले थप आठ जनालाई गरिफ्तार गरेको छ । आरोपितहरुलाई प्रहरीले असोज १२ गते बेलुका…
बालसुधार गृहबाट फरार बालबालिकाहरू पुनः गिरफ्तार
वीरगंज महानगरपालिका–४ बिर्तास्थित बालसुधार गृहबाट फरार दुई जना बालकहरूलाई प्रहरीले पुनः गिरफ्तार गरेको छ । बालसुधार गृहको कमजोर व्यवस्थापनका कारण सुधार गृहबाट ०८० असोज १२ गते भागेका दुई जना बालक…
चिकित्सक कुटपिट घटनाका आरोपित गिरफ्तार
सिनामङ्गलस्थित काठमाडौँ मेडिकल कलेजका इन्टर्न डा. मनिष खड्कामाथि कुटपिट गरेको आरोपमा काठमाडौँ महानगरपालिका-९, सिनामङ्गलका ३४ वर्षीय सरोज गौतम र गुल्मी घर भइ काठमाडौँ महानगरपालिका-७, चाबहिल बस्ने २२ वर्षीय रूपक गौतमलाई…
ज्येष्ठ नागरिकको अधिकार सुनिश्चित गर्न आयोगको आग्रह
राष्ट्रिय मानव अधिकार आयोगले सरकार तथा सरोकारवाला निकायलाई ज्येष्ठ नागरिकहरूको अधिकार सुनिश्चित गर्न आग्रह गरेको छ । आयोगका प्रवक्ता डा. टीकाराम पोखरेलले ०८० असोज १४ गते विज्ञप्ति जारी गर्दै बदलिँदो…