माओवादी केन्द्रका उम्मेदवारको अपहरण

  ०७४ वैशाख ३१ गते

माओवादी केन्द्रका राप्ती नगरपालिका-९ का वडा अध्यक्षका उम्मेदवार प्रेमबहादुर रिमाललाई वैशाख ३० गते राति अज्ञात समूहले अपहरण गरेको राससले जनाएको छ । केन्द्रले विप्लव निकट नेपाल कम्युनिस्ट पार्टीका कार्यकर्ताले अपहरण गरेको आरोप लगाएको छ ।

माओवादी केन्द्रका जिल्ला इञ्चार्ज ईश्वरी भट्टराईले विप्लव निकट नेपाल कम्युनिस्ट पार्टीले अपहरण गरेको बताएका हुन् ।

७० वर्षीय रिमाललाई उम्मेदवारी नदिन भन्दाभन्दै उम्मेदवारी दिएको भन्दै सो पार्टीले अपहरण गरेको परिवारलाई उद्धृत गर्दै भट्टराईले जानकारी दिए ।

यता प्रहरीले भने सो पार्टीले अपहरण गरेरनगरेको पुष्टि भइनसकेको जनाएको छ । जिल्ला प्रहरी एसपी दिपक थापाले खोजी र अनुसन्धान भइरहेकाले सोही पार्टीले अपहरण गरेको वा नगरेको यकिन हुन नसकेको इन्सेक जिल्ला प्रतिनिधि दिपेन्द्र अधिकारीले जानकारी दिए ।

माओवादी केन्द्रका विरुद्धमा पर्चा छरेको भन्दै भरतपुर महानगरपालिकाको नेकपा (एमाले)का वडा नं ६ का वडाध्यक्षका उम्मेदवार खिलाप्रसाद न्यौपानेसहित ३१ जनालाई प्रहरीले गिरफ्तार गरेको राससले जनाएको छ ।

एसपी थापाका अनुसार जनताको २४ यक्ष प्रश्न माओवादी केन्द्रलाई भन्ने पर्चा छर्दै गरेको अवस्थामा उनीहरुलाई भरतपुर महानगरपालिकाका विभिन्न ठाउँबाट गिरफ्तार गरिएको हो ।


अनलाइन डेस्क