माओवादी कार्यकर्ताद्वारा एमालेका कार्यकर्ता अपहरण गरेको आरोप

  ०७४ जेठ २४ गते

अदानचुलि गाउँपालिका-१ का नेकपा एमालेमा आबद्ध २२ वर्षीय छक्क महतारालाई माओवादी केन्द्रका पाँच जना कार्यकर्ताले जेठ २४ गते बिहान अपहराण गरेको पीडित पक्षले आरोप लगाएका छन् ।

पीडित आफ्नै घरमा सुतिरहेको बेला मक्क महतारालगायतका पाँच जनाको समूहले अपहरण गरेको छक्ककी आमा रूपकेउणा महतारले आरोप लगाएकी छन् ।

पीडितलाई कुटपिट गरेर लछापछार गर्दै वनतिर लगेको प्रत्यक्षदर्शी अदानकला महताराले बताइन् । माओवादी केन्द्रका कार्यकर्ता २४ वर्षीय रङगलाल महतारा, ३५ वर्षीय बरूने महतारा, २३ वर्षीय मक्क महतारा, २२ वर्षीय मुन महतारा र ३५ वर्षीय खोईरे लुवारको टोलीले छक्कलाई अज्ञात स्थलतर्फलगेको अदानचुली-१ का असौजे महताराले बातए ।

छक्ककी आमाले श्रीनगर प्रहरीचौकीमा उद्धारको माग गर्दै साही दिन उजुरी दिएपछि श्रीनगर प्रहरी चौकीका असई मोहनबहादुर रावल नेतृत्वको सुरक्षाकर्मीको टोलीले तिन घण्टापछि अदानचुलि गाउँपालिका-१ थापागाउँको माओवादी केन्द्रका मानबहादुर थापाको घरमा थुनेर राखेको अवस्थामा फेला पारी उद्धार गरेको छ ।

प्रहरीका अनुसार गाउँका जानमान र प्रहरी इञ्चार्जको टोलीले गाउँको परम्परा अनुसार मिलापत्र गरेको छ ।


नन्द सिंह