महेन्द्रनगरमा प्रहरीमाथि वियरको बोतल प्रहार, आरोपित गिरफ्तार
क्षिरेश्वरनाथ नपा–६ क्षिरेश्वर चोकमा ड्युटीमा खटिएका इलाका प्रहरी कार्यालय महेन्द्रनगरमा कार्यरत ३५ वर्षीय असई शालीग्राम सुवेदी, प्रहरी हवलदार ३२ वर्षीय राकेश रम्तेल र प्रहरी जवान २९ वर्षीय आनन्दबावु साहलाई वियरको बोतल प्रहार गरि घाइते बनाएको आरोपमा लक्ष्मिनियाँ गाउँपालिका–६ निकाल बस्ने ३० वर्षीय सन्तोष शर्मालाई इलाका प्रहरी कार्यालय महेन्द्रनगरले चैत १६ र लक्ष्मीनिया गाउँपालिका–३ सिनुरजोडा बस्ने ३० वर्षीय रोहित यादवलाई चैत १८ गते गिरफ्तार गरेको छ ।
सखुवा चोकमा इलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट ट्राफिक सहित खटिएको प्रहरीले ज.१२ प ५०१४ नम्बरको मोटरसाइकल चालकले हेलमेट नलगाइ चलाई रहेकोेले रोक्न खोज्दा मोटरसाइकल नरोकी ट्राफिक प्रहरी जवानलाई सामान्य ठक्कर दिई जनकपुरतर्फ भागेको प्रहरीले जनायो ।
ठक्कर दिएर भागेका सन्तोषलाई सोही नगरपालिकाको हरैया चोकबाट चैत १६ गते गिरफ्तार गरी इलाका प्रहरी कार्यालय ल्याउँदै गर्दा मोटरसाइकलमा सवार सन्तोष शर्मा र रोहित यादवले प्रहरीमाथि खाली बियरको बोतलले प्रहार गर्दा प्रहरीहरू घाइते भएका हुन् ।
घाइते प्रहरीहरूको महेन्द्रनगर हेल्थ केयरमा चैत १७ गते उपचार गरिएको छ । घाइतेहरूको अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालय धनुषाका डिएसपी मकेन्द्रकुमार मिश्रले जानकारी दिनु भयो ।
दिपेन्द्रप्रसाद सिंह
सम्बन्धित समाचारहरू
बलात्कार घटनाका आरोपित गिरफ्तार
५४ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा रोशी गाउँपालिका–५ सिसाखानीका ६२ वर्षीय टेकबहादुर लामालाई प्रहरीले चैत ३० गते घरबाट गिरफ्तार गरेको छ । पीडित महिलालाई चैत २६ गते बलात्कार गरेको भन्दै…
बलात्कार घटनाका आरोपित गिरफ्तार
५९ वर्षीया अशक्त महिलालाई बलात्कार गरेको आरोपमा दोरम्बा गाउँपालिकाका–७ का ५६ वर्षीय अङ्गे तामाङलाई प्रहरीले चैत २८ घरबाटै गिरफ्तार गरेको छ । सुस्त मनस्थितिकी अशक्त महिलालाई चैत ३ गते घरमा…
कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (चैत ३० गते)
चैत ३० गते ४ सय ९६ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या २ लाख ८० हजार ५ सय २४ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत…
बेचबिखन तथा ओसारपसार घटनाका कसुरदार गिरफ्तार
१५ वर्षीया बालिकालाई भारतको दिल्लीमा लगेर बेचबिखन गरेको कसुरमा प्रहरीले पुर्नवास नगरपालिका–६ का ५१ वर्षीय मानबहादुर थापा र उहाँको ४८ वर्षीया पत्नी सुकमाया तामाङलाई २५ वर्षपछि चैत २९ गते गिरफ्तार…
हिंसा पीडित महिलालाई इन्सेकको सहयोग
छोरा नपाएको निहुँमा पतिले दैनिक जसो कुटपिट गरेर पीडित बनेकी महिलालाई इन्सेकद्वारा सहयोग गरिएको छ । सल्यान जिल्ला शारदा नगरपालिका–१४ मालनेटा घर भई हाल पर्वतको कुश्मामा ज्याला मजदुरी गरेर दुई…