महिला हिंसा रोकथाम गर्न गएका अभियानकर्ता कुटिए

  ०७५ जेठ २७ गते

महिला तथा बालिकामाथि हुने हिंसा रोकथामको अभियान लिएर सचेतनाका लागि घरदैलो गर्दै हिँडेका नौमूले गाउँपालिका-४ कालिकामा गठित उत्तेसेनी सामुदायिक छलफल केन्द्रका अभियानकर्ता महिलाले कुटाई खाएका छन् ।

बढ्दो बालविवाह रोकथाम र घरेलु हिंसा विद्ध महिला सशक्तिकरणको विषयमा घरदैलोमै भेटघाट कार्यक्रम लिएर गएका उत्तेसेनी सामुदायिक छलफल केन्द्रका सदस्यहरू मोतीकला ढेंगा, नर्जिता पुनलाई जेठ २६ गते उत्तेसेनीकी हरिकला बस्नेतले कपाल लुछ्दै मुक्का प्रहर गरेको क्रेटिङ्गस्पेस परियोजनाकी सहजकर्ता निशा सलामीले जानकारी दिइन् ।

घटना बारे आफूलाई जानकारी आएको र वडा कार्यालयमा लिखित निवेदन दिन भनिसकेको नौमूले गाउँपालिका-४ का वडाध्यक्ष गजबहादुर ढेंगाले जानकारी दिए ।

उजुरी प्राप्त भएपछि वडामा छलफल गर्ने र मिल्न नसकेमा गाउँपालिका उपाध्यक्ष संयोजक रहेको न्यायिक समिति वा प्रहरीमा पठाइने वडाध्यक्ष ढेंगाले बताए ।


अमर सुनार