महिला तथा बालबालिकाको अधिकारको क्षेत्रमा सशक्तिकरण अभियान सञ्चालन गर्नु पर्छः महासचिव पौडेल

  ०७६ जेठ ३१ गते

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) का महासचिव रमेशचन्द्र पौडेलले ग्रामीण तहबाट आएको कुरालाई आत्मसात गर्दै बालबालिका र महिला अधिकारको क्षेत्रमा अभियान सञ्चालन गर्नुपर्ने आवश्यकता देखिएको हुँदा सशक्तिकरण अभियान चलाउनु पर्ने बताएका छन् ।

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) प्रदेश २ को आयोजनामा जेठ ३० गते आयोजित नागरिक समाजका प्रतिनिधिबिच भेटघाट कार्यक्रममा महासचिव पौडेलले यस कार्यक्रमबाट आएको सल्लाह र सुझावलाई इन्सेकले मनन् गरेको बताए ।

इन्सेक अभियान र जनसरोकारको विषयलाई जनस्तरसम्म प¥याउने उनले बताए । बालश्रम, महिला हिंसा, जातीय छुवाछुत न्युनिकरण गर्न इन्सेकले आगामि दिनहरुमा सबैको सल्लाह र सुझाव अनुसार सबैलाई समेटेर अगाडि बढ्ने उनले प्रतिबद्धता जनाए ।

इन्सेक व्यवस्थापन प्रमुख प्रेम पराजुलीले भने–‘इन्सेकमा कार्यरत साथीहरु मात्र हैन तपाईँहरू सबै जो मानव अधिकार आन्दोलनमा हुनुहुन्छ । सबैलाई एउटै अभियानको रूपमा हेरेको छौँ ।’

अधिकारका साथै कर्तव्यका कुराहरूलाई सँगै लिएर अगाडि बढ्नु पर्ने उनले बताए । एउटा असल नागरिक र सचेत नागरिक कहलिनु पर्नेमा उनले जोड दिए ।

बाधा अडचनहरूलाई हामी सबै मिलेर सामना गर्दै मानव अधिकार आन्दोलनको क्षेत्रमा सफलता प्राप्त गनु पर्ने उनले उल्लेख गरे ।

इन्सेक प्रलेख तथा प्रसार विभाग प्रमुख मदन पौडेलले कार्यक्रमको उद्देश्यमाथि प्रकाश पार्दै मानव अधिकार संरक्षण र सम्बद्र्धनमा नागरिक समाजको महत्वपूर्ण भूमिका रहेको हुँदा यसका लागि सबै मिलेर कार्य गनुपर्ने बताए ।
इन्सेक प्रदेश २ का संयोजक राजु पासवानले मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटना अभिलेखन गर्ने कार्य इन्सेकको महत्वपूर्ण कार्य भएपनि पीडितको न्यायका लागि पैरवी गर्नु पनि रहेको स्पष्ट परे ।

इन्सेकले शिक्षा, स्वास्थ्य र खाद्य अधिकारका क्षेत्रमा पनि कार्य गरिरहेको उल्लेख गर्दै आजको आवश्यकता नै स्थानीय जनसमुदायलाई सचेत पर्नु र सरोकारवाला निकायलाई जबाफदेही बनाउनु रहेको उनले बताए ।

कार्यक्रममा सहभागी नागरिक समाजका प्रतिनिधि तथा विभिन्न सङ्घसंस्थाका प्रतिनिधिहरुले मानव अधिकारसम्बन्धी शिक्षा तथा सचेतना अभियान सञ्चालन गर्नु पर्ने उल्लेख गर्दै पीडितको न्यायका लागि सबैले मिलेर कार्य गर्नु पर्नेमा जोड दिएका थिए ।


इन्सेक प्रदेश २ कार्यालय, जनकपुरधाम