महिलामैत्री शौचालय नहुँदा पठनपाठनमा समस्या
जिल्लामा रहेका कुनै पनि विद्यालयहरूमा महिलामैत्री शौचालय नहुँदा पठनपाठनमा समस्या भएको विद्यालयमा पठनपाठन गर्ने शिक्षिका तथा अध्ययनरत छात्राहरूले गुनासो गरेका छन् ।
महिलामैत्री शौचालय नहुँदा महिनावारी भएका बेला चार दिनसम्म विद्यालय जान नपाउने भएकाले पठनपाठनमा समस्या हुने गरेको उनीहरूको गुनासो रहेको छ ।
जिल्लामा रहेका ४ सय ५८ सामुदायिक विद्यालय, २५ संस्थागत विद्यालय र तीन ओटा क्याम्पसहरू मध्ये केही मावि तह र क्याम्पसहरूमा महिला र पुरूषका लागि भनेर छुट्टाछुट्टै शौचालय निर्माण भएको भएपनि महिलामैत्री शौचालय नभएको शिक्षा तथा समन्वय एकाई जाजरकोटले जनाएको छ ।
प्रत्येक वर्ष जसो कुनै न कुनै विद्यालयमा शौचालय निर्माण भनेर बजेट विनियोजन भइरहेको हुन्छ तर व्यवस्थित रूपमा शौचालय निर्माण नभइ बजेट सक्ने मात्र काम भइरहेको शिक्षा तथा समन्वय एकाई प्रमुख खडक केसीले बताए ।
उनी भन्छन्–‘शौचालय निर्माण भएका ती विद्यालयहरूमा पनि पानीको अभावका कारण प्रयोगमा नआई फोहोर भएर शौचालय बन्द गरेको पाइएको छ ।’
शैक्षिक सत्र ०७५ को तथ्याङ्क अनुसार जिल्लामा सामुदायिक विद्यालयमा मात्र ७३ हजार ५ सय जना विद्यार्थी रहेकामा ३५ हजार ५ सय ३९ जना छात्राहरू रहेका छन् भने जिल्ला भरिका सामुदायिक विद्यालयमा १ सय ८६ जना शिक्षिकाले पढाउँदै आएका छन् ।
पछिल्लो समय महिनावारी हुँदा विद्यालय पठाउनु हुँदैन भन्ने सोचमा परिवर्तन आएपनि महिनावारी भएका बेला शौचालयको सहज प्रयोग तथा उपलब्धता नहुने कारण छात्राहरूको उपस्थिति दरसमेत कम भएको शिक्षा तथा समन्वय एकाई जाजरकोटका कर्मचारी तिलक भट्टराईले बताए ।
महिनावारी भएका बेला बढी सरसफाई गर्नुपर्ने र सेनेटरी प्याडको समेत आवश्यकता पर्ने भएपनि अहिले जिल्लामा पानीको अभावका कारण भएका शौचालय समेत प्रयोगमा आउन नसक्दा विद्यालयमा अध्ययनरत छात्राहरूका साथसाथै आफूहरूसमेत समस्यामा पर्ने गरेको त्रिभुवन माध्यमिक विद्यालय खलङ्गाकी शिक्षिका रेखा शाहको भनाई छ ।
महिनामा चार दिन अनुपस्थित हुने भएकाले उनीहरूको पढाइ प्रभावित हुने र आफूहरूले समेत समयमा पाठ्यक्रम सकाउन नसक्ने त्रिभुवन आधारभुत विद्यालय रिसाङकी शिक्षिका सुष्मा शाहले बताइन् ।
बाल सञ्जाल र बाल क्लवमार्फत सङ्गठित भएका बालिकाहरू, विभिन्न विद्यार्थी सङ्गठनमा आवद्ध भएका क्याम्पसका छात्रा विद्यार्थीहरूले सरोवारवाला निकायसँग जिल्लामा रहेका प्रत्येक आधारभूत, माध्यमिक र क्याम्पसहरूमा सेनेटरी प्याडसहित पानीको उपलब्धता भएको छात्रामैत्री शौचालयको माग गरेका छन् ।
‘हामीले हाम्रा समस्याको आवाज उठाउन लागेको धेरै भयो । तर, कतैबाट पनि सुनुवाइ भएको छैन ।’–त्रिभुवन मावि खलङ्गामा अध्ययनरत छात्रा आशिमा शाहीले भनिन् ।
विभिन्न निकायले शिक्षा क्षेत्र अन्तर्गत विभिन्न शीर्षकमा बजेट विनियोजन गरिएको भएपनि महिलामैत्री शौचालय निर्माण र सेनेटरी प्याडका विषयमा कुनै कतैबाट हालसम्म चासो नदिएको हुँदा विद्यालयमा पठनपाठनका लागि छात्रा तथा शिक्षिकाको लागि उपस्थित हुन नसक्ने समस्याले पढाइमा समस्या भएको गुनासो आम महिला अधिकारका क्षेत्रमा काम गर्नेहरूबाट आउने गरेको छ ।
दिनेशकुमार श्रेष्ठ
संबंधित समाचारहरू
प्रतिबन्धित नेकपाका कार्यकर्ता गिरफ्तार
पाँचखपन नगरपालिका–४ जलजलाको पोख्राङबाट मङ्सिर २१ गते राति नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाका एक जना कार्यकर्तालाई प्रहरीले गिरफ्तार गरेको छ । प्रहरीले चैनपुर नगरपालिका–५ का ३० वर्षीय यामप्रसाद गौतमलाई पाँचखपन…
प्रतिबन्धित नेकपाका सिन्धुली सेक्रेटरी मकवानपुरबाट गिरफ्तार
नेत्र विक्रम चन्द (विप्लव) समूहका सिन्धुली सेक्रेटरी कपिल वाईवालाई मकवानपुर प्रहरीले मङ्सिर २१ गते हेटौँडामा गिरफ्तार गरेको छ । विप्लव समूहका सिन्धुली जिल्ला सेक्रेटरी ३४ वर्षीय शेरबहादुर भन्ने कपिल वाईवालाई…
छाक टार्नै मुस्किल छ महर बस्तीमा !
दोगडाकेदार गाउँपालिकाको मुख्य बजार खोचलेकबाट करिब ५ किलोमिटर टाढा गाउँपालिकाको वडा नं. ४ मा खम्तोला बस्ती छ । सडकछेउमै रहेको यो बस्तीमा दलित समुदायका आठ परिवारको मात्र बसोबास छ । शनिबारको दिन…
बाँकेको कोहलपुरमा अनिश्चितकालिन कर्फ्यू
कोहलपुरमा कक्षा ७ मा अध्ययनरत १३ वर्षीया बालिका प्रकृति चन्दलाई मङ्सिर २२ गते विद्यालय समयमा ना २ ख ९४५९ नम्बरको ट्रकले ठक्कर दिएर गम्भीर घाइते बनाएपछि सुरू भएको प्रदर्शन बढ्दै…
सबै प्रकृतिका लैङ्गिक हिंसा अन्त्य गर्न एक जुट हुन आवश्यकः सांसद महत
सांसद तिलक महतले सबै खाले लैङ्गिक हिंसा अन्त्य गर्न एक जुट हुनपर्ने बताउनु भएको छ । महिला माथि हुने विभिन्न प्रकृतिका हिंसाको अन्त्य गर्न सबै एक जुट हुनुपर्ने सांसद महतले…