महिनावारीको समयमा स्वास्थ्य समस्या भोग्दै आएको महिला बन्दीको गुनासो

  ०७६ माघ ६ गते

जिल्ला कारागारमा रहेका महिलाहरूले महिनावारी भएको समयमा स्वास्थ्य समस्या भोग्दै आएको गुनासो गरेका छन् ।
विभिन्न समयमा कसुर गरेको आरोपमा कारागारमा कैदी बन्दीको जीवन विताईरहेका महिलाहरूलाई महिनावारी भएको समयमा अन्य महिला सरह सहज छैन् । महिनावारी भएको समयमा सरसफाइमा विशेष ध्यान दिनुपर्ने जानकारी हुँदा पनि आफूहरूले महिनावारी भएको समयमा विभिन्न समस्या भोग्नु परेको कैदी जयन्ती हमालले बताउनुभयो ।
उहाँले कारागारमा महिला दिदी बहिनीहरूले चाहेर पनि सरसफाइमा ध्यान पुयाउन नसकेको बताउनुभयो । हुनत कारागार भित्र महिनावारी भएका महिलालाई हामी सबैले सहयोग गर्छौं, उहाँले भन्नुभयो ‘तर पनि सरसफाइमा ध्यान पु¥याउन सकिरहेका छैनौं ।’
१८ जना महिला बस्दै आएको कारागारमा एकै चोटी दुई÷तीन जना महिलासँगै महिनावारी हुँदा कपडा सुकाउने ठाउँ अपुग हुने गरेको सलिना गहतराजले बताउनुभयो । उहाँले कारागार भित्र घामपनि थोरै समयका लागि आउने र सो समयमा प्याडको रुपमा प्रयोग हुने कपडा राम्रोसँग सुक्न नपाउँदा संक्रमण हुन सक्ने संभावना रहेको बताउनुभयो ।
महिनावारी भएको बेला सबैले सफा कपडाको समेत प्रयोग गर्न नपाउँदा प्याडको प्रयोग गर्नसके गुप्ताङ्गमा हुने संक्रमण रोक्न सकिने उहाँको भनाइ छ । इन्सेकसँग कुरागर्दै कारागारमा रहेका अधिकांश महिलाले सफा कपडा प्रयोग गर्न नपाएको भन्दै महिला कैदी बन्दीले प्याडका लागि सहयोगको अपील गरेका छन् ।
अरु समयको भन्दा पानीको समस्या भएको बेला महिलाहरूलाई बढी समस्या हुने गरेको जेलर बल बहादुर केसीले बताउनुभयो । उहाँले अहिले जाडोको समयमा पानीको प्रयाप्त मात्रा भएपनि कारागार भित्र घाम प्रयाप्त मात्रामा नपुग्ने भएकाले समस्या हुने गरेको बताउनुभयो ।
महिनावारी भएको समयमा सरसफाई प्रति गम्भीर नहुँदा समस्या हुने भन्दै यस अघि काठमाण्डौबाट बटरप्mलाई हाउसका संचालक पुष्पा बस्नेतले दुई पटक प्याड वितरण गरेको जेलर केसीले जानकारी दिनुभयो ।
महिनावारी भएको समयमा महिलाहरूले सरसफाइमा ध्यान नदिएमा गुप्ताङ्गको बाहिरी सतह मात्र नभई मूत्रमार्ग र प्रजनन मार्गमा विभिन्न संक्रमण, बाँझोपन, गर्भाशय बाहिर गर्भ बस्ने जस्ता जटिलता देखिनुका साथै क्यान्सरसम्म हुन सक्ने स्वास्थ्यकर्मीहरू बताउँछन् ।


मिना बुढाथोकी