महान्यायाधिवक्ता कार्यालय र इन्सेक टोलीद्वारा कारागार अनुगमन
महान्यायाधिवक्ताको कार्यालय, इन्सेक, जिल्ला बार इकाई, नेपाल पत्रकार महासङ्घसहितको एक टोलीले असोज १२ गते जिल्ला कारागार, जिल्ला प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय कल्याणपुरको अनुगमन गरेको छ ।
महान्याधिवक्ता कार्यालयका सह महान्यायाधिवक्ता गीताप्रसाद तिमल्सिना, सह न्यायाधिवक्ता खेमराज ज्ञवाली, उपन्यायाधिवक्ता टिकेन्द्र दाहाल, सहायक जिल्ला न्यायाधिवक्ता बद्रीकुमार कार्की, इन्सेक सप्तरीका प्रतिनिधि मनोहरकुमार पोखरेलसहितको टोलीले कारागारको बन्दी गृह र प्रहरी कार्यालयहरूको हिरासत कक्षको निरिक्षण गर्नुका साथै समस्याहरूबारे कैदीबन्दी, थुनुवाहरूसँग छलफल गरेको थियो ।
इन्सेक सप्तरी जिल्ला प्रतिनिधि मनोहरकुमार पोखरेलका अनुसार १ सय २५ जना कैदीबन्दी क्षमता रहेको जिल्ला कारागारमा कैद तोकिएका १ सय ८६ जना कैदी र कैद नतोकिएका १ सय ३१ जना थुनुवा गरी ३ सय १७ जना कैदीबन्दी रहेका छन् । ती मध्ये २१ जना महिला र दुई जना आश्रति बालबालिका छन् । जीर्ण कारागारमा झण्डै तीन गुणा कैदीबन्दीहरू कोचिएर बस्नुपर्ने अवस्थाले बस्न समस्या भएको चौकिदार जितेन्द्रप्रसाद यादवले बताए । यादवका अनुसार मानसिक सन्तुलन गुमेका चार जना कैदीहरू पनि सँगै रहेका छन् ।
बन्दीहरूले प्रहरी, सरकारी वकिल र अदालतमा तयार गरिने बकपत्रबारे अगावै जानकारी नहुनाले कानुन व्यवसायीसँग सल्लाह लिन नपाउने र तयार भइसकेको बकपत्रमा हस्ताक्षर गर्नुपर्ने अवस्था अन्त्य हुनुपर्ने माग गरे । हिँडडुल गर्ने ठाउँ नभएको, खेलकुद सामग्री नभएको, कुहिएको चामल र दुषित पानी खानु परेको, शौचालय र पुस्तकालयको अभाव रहेको, सीपमुलक तालिमको व्यवस्था नभएको कैदी जीवछीदेवी खङ्गले बताइन् ।
त्यसैगरी सिरहा जिल्ला प्रतिनिध दुर्गा परियारका अनुसार महान्याधिवक्ताको कार्यालयका प्रतिनिधिले असोज ११ गते सिराहको कारगार अनुगमन गरेका छन् ।
महान्याधिवक्ताको कार्यालयबाट सहमहान्याधिवक्ता गीताप्रसाद तिमल्सिना, खेमराज ज्ञवाली, इन्सेक जिल्ला प्रतिनिधिसहित अधिकारकर्मी, सञ्चारकर्मीको टोलीले सो अनुगमन गरेको हो ।
संविधानको धारा १५८ बमोजिम महान्याधिवक्ताको कार्यालयलाई कारागार तथा हिरासतको अनुगमनको अधिकार बमोजिम पहिलो पटक सिरहा कारागार तथा जिल्ला प्रहरी कार्यालयको हिरासत कक्ष अनुगमन गरेको सह महान्याधिवक्ता गिताप्रसाद तिमल्सिनाले बताए ।
१ सय ३५ जना क्षमता रहेको कारागारमा ३ सय ५३ जना कैदीबन्दी रहेकोले उनीहरूको अवस्था नाजुक रहेको तिमल्सिनाले बताए ।
इन्सेक उदयपुर जिल्ला प्रतिनिधि भरत खड्काका अनुसार सहन्यायधिवक्ता गीताप्रसाद तिमल्सिनाले जिल्ला कारागार र जिल्ला प्रहरी कार्यालय उदयपुरमा रहेका कैदीबन्दी तथा हिरासतमा राखिएका आरोपितहरूको अवस्थाका बारेमा निरिक्षण गरेका छन् ।
निरिक्षणका क्रममा उनले आरोपितलाई प्रहरीले थुनुवा पुर्जी नदिई हिरासतमा राखेको, म्याद थप नगरी हिरासतमा राखेको फेला पारेको बताएका छन् । त्यसैगरी कारागारको महिला कक्षको सुत्ने ठाउँ उपर्युक्त नभएको, खानेपानीको अभाव देखिएको, भवन जीर्ण भएकोले आवश्यक सुधारका लागि सुझाव दिएको तिमल्सिनाले बताए ।
इन्सेक पूर्वाञ्चल क्षेत्रीय कार्यालय
सम्बन्धित समाचारहरू
कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (माघ ४ गते)
माघ ४ गते २ सय ६६ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या २ लाख ६७ हजार ३ सय २२ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा धनगढीमाई नपा–१३ का १८ वर्षीय प्रभुप्रसाद यादवलाई इलाका प्रहरी कार्यालय लहानले माघ ३ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले माघ २ गते…
मानव बेचबिखन प्रयास घटनाका आरोपित गिरफ्तार
१४ वर्षीया बालिकालाई जोगबनी नाका हुँदै भारत पुर्याएर बेचबिखन प्रयास गरेको आरोप प्रहरीले सुनसरी, धरान उपमहानगरपालिका–१७ का ३२ वर्षीय आशिष सुनुवारलाई पुस २९ गते विराटनगरबाट गिरफ्तार गरेको छ । पीडित…
कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (माघ ३ गते)
माघ ३ गते २ सय ४० जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या २ लाख ६७ हजार ५६ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत २४ घण्टामा…
घरेलु हिंसा पीडित महिलाद्वारा प्रहरीमा उजुरी
कालिका गाउँपालिका–२ की ४७ वर्षीया एकल महिला सीताकुमारी नगरकोटीले आफूलाई कुटपिट गरेको आरोपमा कान्छा ससुरा ७१ वर्षीय मङ्गलदाश श्रेष्ठ र कान्छी सासू ६५ वर्षीया विष्णुमाया श्रेष्ठविरुद्ध माघ ३ इलाका प्रहरी…