महाकाली नदीको दुषित पानी पिउन बाध्य भएको स्थानीयको गुनासो
संविधानको धारा ३५ को स्वास्थ्यसम्बन्धी हक अन्तर्गत प्रत्येक नागरिकलाई स्वच्छ खानेपानी तथा सरसफाईमा पहुँचको हक हुनेछ भनी स्पष्ट व्यवस्था गरिएको भएपनि आफूहरु महाकाली नदीको दुषित पानी पिउन बाध्य भएको लेकम गाउँपालिका–३ रतौडाका स्थानीयहरुले गुनासो गरेका छन् ।
हिउँदमा पानीको खडेरी पर्ने यो क्षेत्रमा शुद्ध खानेपानीको व्यवस्था नभएका कारण स्थानीयले वर्षौदेखि महाकाली नदीको दुषित पानी पिउनु पर्ने बाध्यता रहेको छ ।
रतौडा गाउँका विद्यार्थी, बालबालिका र महिलाहरु पानी भर्न दैनिक गाउँबाट झण्डै ५ सय मिटर तल महाकाली नदीमा जानु पर्ने बाध्यता रहेको स्थानीय लीलाधार पन्तले दुखेसो पोख्नु भयो ।
उहाँले भन्नु भयो– ‘गाउँमा खानेपानीको मुहान छैन् । विगतमा पल्लो गाउँबाट पाइपमार्फत ल्याएको पानी कहिले काँही आउने गरेको थियो । तर, सुख्खायामसँगै सडक निर्माणको क्रममा उक्त खानेपानी लाइन अवरुद्ध भएपछि पिउनको लागि गाउँमा खानेपानीको हाहाकार भएको छ ।’
महाकाली नदीको पानी बोक्दा बोक्दै कम्बर र काँधमा निलडाम बसेको स्थानीय महिला रोशनी पन्तले दुखेसो पोख्नु भयो ।
उहाँले भन्नु भयो– ‘विहान, बेलुकी पानी बोक्नु पर्ने बाध्यताले छोराछोरीहरुले समेत नियमित विद्यालय जान पाउदैनन् । महाकालीको पानी बोक्नका लागि महिलाहरुको दैनिक ड्युटी नै हुन्छ ।’
खानेपानी र गाउँमा सिचाइको व्यवस्था नहुँदा कृषि पेशा गरी खाने किसानहरु विस्थापित समेत भएको स्थानीय लक्ष्मी टमटाले गुनासो गर्नु भयो ।
उहाँले भन्नु भयो– ‘वर्षातमा पानी परेपछि खेतीपाती लगाउने गरेका छौँ । हिउँदमा पानी नपर्ने भएकाले सिँचाइ सुविधा नहुँदा खेतबारी बाँझै रहने गरेको छ । यो वर्ष हिउँदे वर्षा नभएकोले खेतमा खडेरी परेको छ ।’
बर्खायाममा महाकाली नदीमा माटो र बालुवा मिश्रित धमिलो पानी आउने गरेको भएपनि खानेपानीको अभावमा महाकालीको फोहोर पानी वर्षेनी पिउनु पर्ने बाध्यता रहेको स्थानीय राधा पन्तले दुखेसो पोख्नु भयो ।
तीन तहका सरकार आएको भएपनि आफूहरुले वर्षौदेखि शुद्ध खानेपानी समेत पाउन नसकेको स्थानीय विशन पन्तले दुखेसो पोख्नु भयो ।
उहाँले भन्नु भयो– ‘गाउँमा खान त पानी छैन् । सिचाई सुविधा कहाँबाट पुग्नु । सरकारले खानेपानीको व्यवस्था पहिलो प्रथमिकतामा राखि दिनु पर्छ ।’
जनताको आधारभूत आवश्यकताका रुपमा रहेको खानेपानीको व्यवस्था नगरि दिएका कारण कयौं मानिसहरुले गाउँ छोडेर तराई विस्थापित हुन बाध्य भएको स्थानीय रघु टमट्टाले गुनासो गर्नु भयो ।
लेकम गाउँपालिकाका अध्यक्ष प्रमानन्द जोशीले लेकम क्षेत्रलाई नेपाल सरकारले सुख्खाग्रस्त क्षेत्रमा राखेर खानेपानी योजना निर्माण अगाडि बढाउन थालेको बताउनु भयो ।
उहाँले भन्नु भयो– ‘लेकमको अधिकांश बस्तीमा खानेपानी छैन् । निकै टाढाबाट ल्याउनु पर्ने बाध्यता छ । यो क्षेत्रका झण्डै १ हजार बढि घरधुरीमा खानेपानी पुर्याउने गरी सरकारले कुसकाडा बृहत खानेपानी योजना सुरु गर्न लागेको छ । महाकाली नदीबाट पानी लिफ्टीङ गरेर खानेपानी ल्याउने योजना छ ।’
नरेन्द्रसिह कार्की
सम्बन्धित समाचारहरू
कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (फागुन २१ गते)
फागुन २१ गते १ सय २० जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या २ लाख ७४ हजार ६ सय ८ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत…
यौन दुर्व्यवहार गरेको कसुरमा २ महिना कैद सजायको फैसला
१९ वर्षीया युवतीलाई यौन दुर्व्यवहार गरेको कसुरमा सल्यानको बनगाड कुपिण्डे नगरपालिका –२ का २८ वर्षीय गोपाल सुनारलाई जिल्ला अदालत सल्यानले दुइ महिना कैद तथा १० हजार क्षतिपुर्तिको फैसला गरेको छ…
हत्या घटनाका आरोपित गिरफ्तार पछि प्रहरीद्वारा सार्बजनिक
रेसुङ्गा नगरपालिका– ३ की २१ वर्षीया सम्झना बोहराको हत्या गरेको आरोपमा प्रहरीले सोही ठाउँका ४७ वर्षीय लालबहादुर खत्रीलाई फागुन १७ गते गिरफ्तार गरी प्रारम्भिक अनुसन्धानबाट हत्यामा सङ्लग्न रहेको पाइएपछि प्रहरीले…
सामुहिक बलात्कार घटनाका एक जना आरोपित गिरफ्तार
३२ वर्षीया महिलालाई सामुहिक बलात्कार गरी फरार रहेका जुगल गाउँपालिका–४ का २० वर्षीय दिलिप सापकोटालाई ०७७ फागुण १९ गते चौतारा बजारबाट गिरफ्तार गरेकोे जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर रामचन्द्र घिमिरेले बताउनुभयो…
दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार
हेटौँडा उपमहानगरपालिका–१५ स्थित रिद्धीसिद्धी सिमेन्ट उद्योगका महिला कर्मचारीमाथि दुर्व्यवहार गरेको आरोपमा प्रहरीले फागुन १७ गते उद्योगका महाप्रबन्धक तथा पूर्व एसएसपी ५८ वर्षीय लोकेन्द्रबहादुर मल्ललाई गिरफ्तार गरेको छ । आरोपितले उद्योगमा…