महाकाली अञ्चल अस्पतालमा दरबन्दी अनुसार चिकित्सक नहुँदा स्वास्थ्य सेवा प्रभावित

  ०७५ पुस १४ गते

दरबन्दी अनुसार चिकत्सक नहुँदा महाकाली अञ्चल अस्पतालको स्वास्थ्य सेवा प्रवाहमा समस्या देखिएको छ ।

 

महाकाली अञ्चल अस्पतालमा स्थापना कालदेखि रिक्त दरबन्दीमा पदपूर्ति नहुँदा अस्पतालमा आउने बिरामी उपचार नपाएर मारमा पर्ने गरेका छन् ।

 

२०२९ सालमा स्थापना गरिएको यस अस्पतालमा स्थापनाकालदेखि हालसम्म कहिलेपनि दरबन्दी पूरा नभएको अञ्चल अस्पताल सुधार समितिका संयोजक डा.गणेश भट्टले बताए ।

 

१७ जना विशेषज्ञ चिकित्सकसहित २९ जना चिकित्सकको दरबन्दी भएपनि हाल यस अस्पतालमा पाँच जना चिकित्सक मात्र कार्यरत रहेका छन् ।

 

अञ्चल अस्पतालमा दरबन्दी अनुसारको चिकित्सक नहुँदा स्वास्थ्य सेवा लिन आएका नागरिक स्वास्थ्य सेवा पाउने संवैधानिक अधिकारबाट वञ्चित हुँदै आएका छन् ।

 

स्वास्थ्य विभागले अस्पतालसँग कुनै सुझाव नलिएर सरुवा गरिदिने सरुवा भएका चिकित्सकलाई दरबन्दीमा हाजिर हुन नपठाउने गरेका कारण अस्पतालमा समस्या आएको महाकाली अञ्चल अस्पतालका निर्देशक हरि श्रेष्ठले बताए ।


कोमलनिरन्जन भाट