मध्यपश्चिमाञ्चल क्षेत्रका कारागारमा क्षमता भन्दा तेब्बर बन्दी, बसोबासमा समस्या
मध्यपश्चिमाञ्चल क्षेत्रका कारागारमा क्षमता भन्दा तेब्बर बढी कैदीबन्दी रहँदा बसोबासमा समस्या भएको छ । क्षेत्रीय प्रहरी कार्यालय सुर्खेतले दिएको तथ्याङ्क अनुसार मध्यपश्चिमाञ्चल क्षेत्रका १५ ओटा कारागारहरूको क्षमता ८ सय २० रहेपनि अहिले ती कारागारहरूमा २ हजार ५ सय कैदीबन्दी रहेका छन् ।
कारागारमा क्षमताभन्दा बन्दी धेरै हुँदा एउटै कोठामा २५/३० जना सुत्नुपर्ने समस्या भएको सुर्खेत कारागारका जेलर लालबहादुर खत्रीले बताए । जेलर खत्रीका अनुसार कैदीबन्दी धेरै हुँदा कैदीहरू पालैपालो सुत्ने, खाना पकाउने भाडाको अभाव, नुहाउन र शौचालय जान समस्या रहेको छ ।
तथ्याङ्क अनुसार २ सय जनाको क्षमता रहेको बाँके कारागारमा ६ सय ९ जना, १ सय जनाको क्षमता रहेको बर्दिया कारागारमा २ सय ४८ जना, १ सय जनाको क्षमता रहेको दाङ तुल्सीपुर कारागारमा २ सय १३ जना, ५० जनाको क्षमता रहेको दाङ्ग, घोराही कारागारमा १ सय ७७ जना, ५० जनाको क्षमता रहेको रोल्पा कारागारमा ७७ जना, १७ जनाको क्षमता रहेको कालीकोट कारागारमा ४३ जना, २५ जनाको क्षमता रहेको प्यूठान कारागारमा ६८ जना र २५ जनाको क्षमता रहेको सुर्खेत कारागारमा १ सय ७१ जना कैदीबन्दी रहेका छन् ।
त्यसैगरी २५ जनाको क्षमता रहेको जाजरकोट कारागारमा ४३ जना, २५ जनाको क्षमता रहेको हुम्ला कारागारमा ७२ जना, २५ जनाको क्षमता रहेको डोल्पा कारागारमा १७ जना, २० जनाको क्षमता रहेको जुम्ला कारागारमा ४० जना, २० जनाको क्षमता रहेको रुकुम कारागारमा ६५ जना, २० जनाको क्षमता रहेको सल्यान कारागारमा ६१ जना र १६ जनाको क्षमता रहेको दैलेख कारागारमा १ सय ६१ जना कैदीबन्दी रहेको तथ्याङ्कमा उल्लेख छ । मध्यपश्चिमाञ्चल क्षेत्रमा क्षमता भन्दा १० दोब्बर बढी दैलेख र सबैभन्दा कम डोल्पा कारागारमा कैदीबन्दी रहेका छन् ।
कूल ६ सय ५० जना पुरुष र १ सय ७० जना महिला कैदीबन्दी राख्ने क्षमता भएका ती कारागारहरूमा अहिले १ हजार ६ सय ३४ जना पुरुष र २ सय ८ जना महिला कैदीबन्दीहरू रहेको क्षेत्रीय प्रहरी कार्यालय सुर्खेतका डीआइजी माधव नेपालले जानकारी दिए । उनका अनुसार ती कारागारहरूमा ६४ जना पुरुष र ४ जना महिला गरी ६८ जना विदेशी नागरिक रहेका छन् । मध्यपश्चिम क्षेत्रका सबै कारागारको क्षमता अभिबृद्धि तथा नेपाल प्रहरीलाई श्रोत साधनले सम्पन्न गराउनुपर्ने आवश्यकता रहेको डीआईजी नेपालले बताए ।
मध्यपश्चिमाञ्चल क्षेत्रको मुगु जिल्लामा कारागार नभएको मध्यपश्चिमाञ्चल क्षेत्रीय प्रहरी कार्यालयले जनाएको छ
दुर्गा थापा
सम्बन्धित समाचारहरू
विद्यालय शिक्षा विधेयकको विरोधमा राहत शिक्षक नौ दिनदेखि आन्दोलनमा
सरकारले संसदमा दर्ता गरेको विद्यालय शिक्षा विधेयकमा आफ्ना मुद्दाहरू नसमेटिएको भन्दै सामुदायिक विद्यालयका राहत शिक्षक ०८० असोज २ गतेदेखि विभिन्न कार्यक्रम गर्दै आन्दोलनमा रहेका छन् । नेपाल राहत शिक्षक केन्द्रीय…
बलात्कार घटनाका आरोपित विरुद्ध उजुरी दर्ता
२५ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा बहुदरमाई नगरपालिका–७ का ४५ वर्षीय सुशिल राउत कुर्मी विरुद्ध पीडितले जिल्ला प्रहरी कार्यालयमा २०८० असोज ५ गते दिएको उजुरी प्रहरीले असोज ७ गते दर्ता…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१२ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले सन्धिखर्क नगरपालिका–१ बस्ने २० वर्षीय रामबहादुर पुनलाई असोज ८ गते गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले असोज ७ गते बलात्कार गरेको भन्दै पीडित…
खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले बेच्यो कुहिएको चामल : स्थानीय मर्कामा
नाम्खा गाउँपालिका–५ मुचुमा खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले असोज ५ गते कुहिएको चामल बिक्री गरेको स्थानीय सम्बा रिन्जिन तामाङले आरोप लगाउनुभयो । दुई हप्ता अगाडि मात्रै काठमाडौंबाट केरुङ नाका…
चिकित्सक कुटपिट घटनामा इन्सेक सहित अधिकारकर्मीद्वारा अनुगमन
मणिपाल शिक्षण अस्पतालमा बिरामीको मृत्युलाई लिएर डाक्टरलाई कुटपिट तथा अस्पतालमा तोडफोड गरेको विषयलाई लिएर इन्सेक प्रदेश गण्डकी प्रदेश कार्यालयका टिम र अधिकारकर्मीको टोलीले असोज ९ गते घटनाका विषयमा अनुगमन गरेको…