मधेसी मोर्चाका कार्यकर्ताद्वारा सांसद झामाथि आक्रमण

  ०७३ फागुन २० गते

व्यवस्थापिका संसदको महिला-बालबालिका, ज्येष्ठ नागरिक तथा समाज कल्याण समितिकी सभापति रन्जु झामाथि राजविराजमा फागुन २० गते अपरान्ह संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका कार्यकर्ताहरूले आक्रमण गरेका छन् ।

कालो झण्डा बाँधेर मोटरसाइकलमा आएका मोर्चाका कार्यकर्ताहरूले बा.१ झ ८४८९ नम्बरको सांसद झा चढेको गाडीमाथि ढुङ्गा र लाठी प्रहार गरी गाडीमा क्षति पुर्‍याएका छन् ।

त्यसैगरी मोर्चाका कार्यकर्ताहरूले फागुन २० गते साँझ राजविराजस्थित बिनोद आर्टस पसलबाट एमालेको झण्डाहरू निकालेर जलाएका छन् ।

मोर्चा कार्यकर्ताको अलोकतान्त्रिक र कायरतापूर्ण व्यवहारले मुठभेड निम्त्याउने प्रयत्न गरिरहेको भन्दै एमाले सप्तरीले विज्ञप्ति प्रकाशित गरी खेद व्यक्त गरेको छ ।

आस्थामाथि धावा बोल्ने, राजनीतिक गतिविधिमा रोक लगाउने र भौतिक आक्रमण गर्ने अलोकतान्त्रिक घटनाप्रति निन्दा गर्दै एमालेले विज्ञप्तिमार्फत शालिनतालाई कमजोरी नठान्न चेतावनीसमेत दिएको छ ।


मनोहरकुमार पोखरेल