मदिरा सेवन गरी कुटपिट गरेको आरोपमा पति गिरफ्तार

  ०७३ असोज २८ गते

बोहरीगाउँ गाविस-१ का ४२ वर्षीया सीतादेवी जोशीलाई कुटपिट गरेको आरोपमा इलाका प्रहरी कार्यालय गोकुलेश्वरले उनका ५५ वर्षीय पति गोपाल जोशीलई असोज २८ गते गिरफ्तार गरेको छ ।

पीडित महिलालाई असोज २७ गते आरोपितले मदिरा सेवन गरी कुटपिट गरेको आरोपमा महिला सञ्जालले प्रहरीमा उजुरी गरेपछि आरोपित गोपाललाई गिरफ्तार गरिएको डिएसपी केदार खनालले जानकारी दिए ।

बोहरीगाउँमा बालक्लव र महिला सञ्जालले मदिरा विक्री वितरण तथा सेवनमा प्रतिबन्ध गरेको अवस्थामा आरोपित जोशीले राति मदिरा सेवन गरी सीता र छोराछोरीमाथि कुटपिट गरेको प्रहरीले जनाएको छ । 'बाबाले आमालाई हँसिया प्रहार गर्ने बेला हामीले रोक्यौं ।'-पीडित महिलाकी छोरीले बताइन् ।

महिला सञ्जालका सदस्यहरूले महिला माथि कुटपिट गरेको हल्ला सुनेपछि आरोपितलाई समातेर प्रहरीलाई बुझाएको महिला सञ्जालका अध्यक्ष सीतादेवी जोशीले जानकारी दिइन् ।


नरेन्द्रसिंह कार्की