मत नदिएको भन्दै कुटपिट घटनाका आरोपितविरूद्ध प्रहरीमा उजुरी
शान्तिनगर गाउँपालिका–२ का ५२ वर्षीय पदमबहादुर वली र उहाँकी ४५ वर्षीय पत्नी जयन्ता वलीलाई मङ्सिर १४ गते भएको उप निर्वाचनमा नेपाली कांग्रेसलाई मत नदिएर नेकपालाई मतदान गरेको आरोपमा शान्तिनगर गाउँपालिकाका अध्यक्ष शान्तिनगर गापा–२ का ६३ वर्षीय कमानसिङ डाँगी र ३८ वर्षीय छोरा विरज डाँगीले कुटपिट गरेको पीडित पक्षको आरोप छ ।
कुटपिट घटनाका आरोपित विरूद्ध पीडित पक्षले मङसिर १५ गते इलाका प्रहरी कार्यालय तुलसीपुरमा उजुरी दिएको हो ।
मङ्सिर १४ गते भएको उपनिर्वाचनमा नेकपालाई मतदान गरेको भन्दै राति घरमै गएर अध्यक्ष डाँगीले कुटपिट गरेको पीडित पदमबहादुरले आरोप लगाउनुभएको छ ।
कुटपिटबाट टाउको, आँखा र शरीरका विभिन्न अङ्गमा चोट लागेका दम्पतिको उपचार राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा मङ्सिर १५ गते उपचार भएको छ ।
उजुरी दिँदासमेत प्रहरीले आरोपितमाथि कुनै कारवाही नगरेको भन्दै नेपाल कम्युनिष्ट पार्टी (नेकपा) शान्तिनगर गाउँपालिका–२ वडा कमिटीका अध्यक्ष खुमबहादुर वलीले मङ्सिर १५ गते विज्ञप्ति निकालेर दोषीमाथि कारवाहीको माग गर्नुभएको छ ।
नागरिकलाई गोप्य मत दिने अधिकार रहेको भन्दै कुटपिट गर्नेमाथि कारवाहीको माग गर्दै उजुरी परेको इलाका प्रहरी कार्यालय तुलसीपुरका डिएसपी हरिहरनाथ योगीले बतउनु भयो ।
उहाँले मादक पदार्थ सेवन गरी चुनावी विषयलाई लिएर हातपात गरिएको भन्दै घटनाको अनुसन्धान थालिएको बताउनुभयो ।
आरोपित कमानसिङ डाँगीले समान्य मादक पदार्थ सेवन गरी होहल्ला गरेको भएर घरसम्म छोडेको र छोराले धकेलेको भए पनि कुटपिट नगरेको बताउनु भयो ।
जयनारायण पुन
सम्बन्धित समाचारहरू
कर्णाली प्रदेश सरकारद्वारा नीति तथा कार्यक्रम सार्वजनिकः सार्वजनिक विद्यालयमा ‘पढ्दै कमाउँदै सिक्दै’
कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै सरकारले सार्वजनिक विद्यालयमा ‘पढ्दै कमाउँदै सिक्दै’ अवधारणा अगाडि बढाएको छ । प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८०/८१…
अवरुद्ध सङ्क्रमणकालीन न्यायको प्रकृयालाई न्यायसङ्गत ढङ्गले अघि बढाउने गरी कानुन तर्जुमा गरियोस्
अवरुद्ध सङ्क्रमणकालीन न्यायको प्रकृयालाई न्यायको प्रकृयालाई न्यायसङ्गत ढङ्गले अघि बढाउने गरी कानुन तर्जुमा गरेर द्वन्द्वपीडितका सवाल सम्बोधन गर्न इन्सेकले माग गरेको छ । कल्याणपुर गाविसको बाँदरमुडे खोलामा यात्रुबाहक बसमा विद्युतीय…
बलात्कार घटनाका आरोपितविरुद्ध उजुरी
१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा ०८० जेठ २२ गते झड्केलो बुबाविरुद्ध पीडित बालिकाकी आमाले जिल्ला प्रहरी कार्यालय पर्सामा उजुेरी दिनु भयो । पीडित बालिकाकी आमाले आफू आरोपित पतिसँग छुट्टिएर अलगै…
दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार
२४ वर्षीया महिलालाई सामाजिक सञ्जालमार्फत दुर्व्यवहार गरेको आरोपमा जुम्लाको तिल गाउँपालिका-९ रासा घर भई हाल भक्तपुरको चाँगुनारायण नगरपालिका-२ दुवाकोटमोड बस्ने २३ वर्षीय दिनेशकुमार राउतलाई प्रहरीले ०८० जेठ २२ गते गिरफ्तार…
बलात्कार कसुरमा तीन वर्ष ६ महिना कैद सजायको फैसला
३० वर्षीया महिलालाई बलात्कार गरेको अभियोगमा बागलुङ नगरपालिका–७ का ३२ वर्षीय नवराज गौतमलाई तीन वर्ष ६ महिना कैद सजायको फैसला भएको छ । न्यायाधिश दिवाकर भट्टको जेठ २२ गतेको आदेशले…