मणिपाल शिक्षण अस्पताल तीन दिनदेखि बन्द, सेवाग्राही प्रभावित
पोखरा-लेखनाथ मनपा-११ स्थित मणिपाल शिक्षण अस्पतालमा कर्मचारी युनियनको आन्दोलनका कारण आकस्मिक बाहेकका सबै सेवा ठप्प हुँदा सेवाग्राही मर्कामा परेका छन् ।
जेठ ८ गतेदेखि मणिपाल कर्मचारी समन्वय समिति, अखिल नेपाल स्वास्थ्य श्रमिक सङ्घ, मणिपाल स्वतन्त्र कर्मचारी युनियन, नेपाल स्वास्थ्यकर्मी तथा कर्मचारी युनियनले संयुक्त रूपमा एक विज्ञप्ति जारी गरी अस्पतालको सेवा ठप्प पारेका हुन् ।
अस्पताल फार्मेसीमा कार्यरत कर्मचारीहरू रमेश बोहोरा, निलकण्ठ भट्टराई, टेकबहादुर बिक र लेखा शाखामा कार्यरत अल्पना ठाकुरलाई अस्पताल प्रशासनले पत्र काटी सेवा बाट हटाइएको जानकारी दिएपछि कर्मचारीहरूले आन्दोलन थालेका हुन् ।
यसै सन्दर्भमा राष्ट्रिय मानव अधिकार आयोग, इन्सेक पोखरा कार्यालय, शान्तिका लागि नागरिक समाज कास्की, मानव अधिकार संरक्षण मञ्च कास्की, गैरसरकारी संस्था महासङ्घ, महिला मानव अधिकार रक्षक संञ्जाल कास्की, मानव अधिकार पत्रकार मञ्च कास्कीलगायतको टोलीले जेठ १० गते मणिपाल प्रशासन र आन्दोलनरत कर्मचारीलाई भेटी स्वास्थ्य सेवा जस्तो अत्यावश्यक सेवालाई यो वा त्यो कुनै पनि बाहानामा बन्द गर्न नहुने भन्दै वार्ताको माध्यमबाट जति सक्दो चाँडो समस्या समाधान गरी अस्पतालको सेवा सुचारू गर्न आग्रह गरेको छ ।
त्यस्तै प्रदेश ४ की सामाजिक विकास मन्त्री नरदेवी पुनलाई जेठ १० गते मानव अधिकारकर्मी र नागरिक समाजको टोलीले भेटी मणिपाल शिक्षण अस्पतालमा भएको आन्दोलनलाई रोक्न प्रभावकारी कदम चाल्दै अस्पताल खुलाउन पत्रमार्फत अनुरोध गरेको छ ।
पत्र बुझ्दै सामाजिक विकास मन्त्री पुनले मानिसको स्वास्थ्यसँग जोडिएको संवेदनशील कुरालाई बेवास्ता गर्न नमिल्ने बताउँदै जतिसक्दो चाँडो समाधान गर्नतर्फ आफू लागिपर्ने बताइन् ।
सङ्गीता भाट
सम्बन्धित समाचारहरू
म्यासेञ्जर च्याटको विषयमा बालिकामाथि कुटपिट
उर्लावारी नगरपालिका-४ थापाडाँगीकी १६ वर्षीया बालिका आयुष्मा बस्नेतलाई म्यासेञ्जर च्याटको विषयलाई उर्लावारी नगरपालिका-५ सूर्यचोकका २० वर्षीय यूनिक शिवाले कुटपिट गरेको पीडित पक्षले आरोप लगाएको छ । साथीको फेसबुक आइडी चलाएको…
यौन दुर्व्यवहार घटनाका आरोपितहरू गिरफ्तार
१४ वर्षीया दुई जना बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा इन्द्रावती गाउँपालिका-६ घरभई श्री कमला देवी माविका शिक्षक ४५ वर्षीय सुरेन्द्र कोइराला र सोही विद्यालयका शिक्षक ४९ वर्षीय कविराज पौड्याललाई प्रहरीले…
दलित भएकै कारण वृद्धाश्रममा बस्न नदिएको पीडितको आरोप, प्रहरीमा उजुरी
उर्लावारी नगरपालिका-१ की ६२ वर्षीया ज्येष्ठ नागरिक शोभा सुन्दास(परियार) ले दलित भएकै कारण विराटनगर महानगरपालिका-१ पुष्पलाल चोकस्थित जागृति वृद्धाश्रमले राख्न अस्वीकार गरेको आरोप लगाउनु भएको छ । दलित भएको भन्दै…
यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार
६ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा ३८ वर्षीय बुवालाई प्रहरीले ०८० मङ्सिर २१ गते कावासोतीबाट गिरफ्तार गरेको छ । बालिकाले घटनाको बारेमा आफ्नो साथिलाई सुनाउनुभएको थियो र साथिले आफ्नो…
१५ औँ मानव अधिकार राष्ट्रिय महाभेला सुरु
'प्राकृतिक प्रकोप तथा विपदबाट प्रभावितहरुको मानव अधिकारको सुनिश्चितताः आजको आवश्यकता' भन्ने नाराका साथ १५ औँ मानव अधिकार राष्ट्रिय महाभेला ०८० मङ्सिर २२ गतेदेखि ललितपुरमा सुरु भएको छ । मानव अधिकारका…