भ्रुण हत्या घटनाका आरोपित गिरफ्तार

  ०७३ कात्तिक ४ गते

बाझेच्यानडाँडा–२ की ४३ वर्षीया लक्ष्मी विश्वकर्मालाई कुटपिट गरी पाँच महिनाको भ्रुण हत्या गरेको आरोपमा सोही ठाउँका २२ वर्षीय यामकुमार विकलाई प्रहरीले गिरफ्तार गरेको छ ।

यामकुमार विश्वकर्मा र पीडित महिलाका ४३ वर्षीय पति सन्ते विश्वकर्माबिच असोज २४ गते भएको झगडालाई छुट्याउने क्रममा यामकुमारको प्रहारबाट घाइते भएको पीडित महिलाले आरोप लगाइन् ।

पीडित महिलाका अनुसार कुटपिटका कारण असोज २६ गते गर्भ पतन भएको हो । पीडित पक्षले जिल्ला प्रहरी कार्यालयमा असोज २८ गते दिएको उजुरीका आधारमा आरोपितलाई प्रहरीले कात्तिक २ गते गिरफ्तार गरी कर्तव्य ज्यान अन्तर्गत भ्रूण हत्यासम्बन्धी मुद्दा चलाइएको इन्स्पेक्टर सरोज राईले बताए ।

पीडित महिलाको स्वास्थ्य परीक्षण कात्तिक ३ गते जिल्ला अस्पताल दिक्तेलमा गरिएको पनि इन्स्पेक्टर राइले बताए ।


सुनिता मगर