भोट हाल्न नसिकाएको मतदाताको गुनासो
करिब दुई दशकपछि स्थानीय तहको निर्वाचन हुनै लाग्दा जिल्लाको ग्रामीण क्षेत्रका नागरिक खुसी भए पनि आफूले हालेको मत बदर हुने हो कि भन्ने चिन्तामा रहेका छन् ।
'यो चुनावमा मतपत्र ठूलो छ भन्ने सुनिएको छ । त्यसैले मत बदर भएर जाने हो कि भन्ने चिन्ता छ ।'-डिलाशैनी-१ का जानकी रानाले भनिन् । मतदान गर्ने विषयमा आजसम्म सिकाउन कोही नआएको उनले गुनासो गरिन् ।
'मतदान गर्ने तरिका सिकाउन कोही आएका छैनन् । कसरी मतदान गर्ने ? भन्ने थाहा नहुँदा अन्योल भएको छ ।'-उनले दाहोर्याईन् ।
राजनीतिक दलका नेताहरूले भोट मात्रै माग्न आउने तर मतदान गर्ने तरिका बारेमा सिकाउने नगरेको स्थानीय उद्धवप्रसाद भट्टले आरोप लगाए । उनले भने-'ग्रामीण क्षेत्रका मतदातालाई मतदानका विषयमा जानकारी नगराए धेरै मत बदर हुने सम्भावना छ ।'
दुई दशकपछि हुन लागेको स्थानीय तहको निर्वाचनमा मत हाल्न आतुर भएपनि मतदान कसरी गर्ने ? भन्ने विषयमा आफू अनभिज्ञ रहेको स्थानीय लक्ष्मी बोहराले गुनासो गरिन् ।
जिल्ला निर्वाचन कार्यालय बैतडीले जेठ ५ गतेदेखि गाउँगाउँमा मतदाता शिक्षा स्वयम्सेवक खटाइसकेको जनाएको छ ।
१० वटा स्थानीय तह रहेको बैतडीमा ६५ हजार ९ सय ३२ जना महिला, ६२ हजार ८ सय जना पुरुष र एक जना तेश्रो लिङ्गी गरी जम्मा १ लाख २८ हजार ७ सय ८३ जना मतदाता छन् ।
मतदाताको घरदैलोमै गएर मतदाता शिक्षा प्रदान गर्न १ सय ८७ जना मतदाता शिक्षा स्वयम्सेवकलाई परिचालन गरिएको भने पनि प्रभाव कमै रहेको स्थानीयको आरोप छ ।
नरी बडु
सम्बन्धित समाचारहरू
यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार
१३ वर्षीया बालिकालाई ०७७ फागुन १२ गते यौन दुर्व्यवहार गरेको आरोपमा सिन्धुपाल्चोक जिल्ला घर भई लिखुतामाकोसी गाउँपालिका–२ मा भाँडाको व्यापार गर्ने २२ वर्षीय सन्जु खत्रीलाई प्रहरीले सोही दिन गिरफ्तार गरेको…
मानव अधिकार कार्य योजनासम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न
मानव अधिकार सम्बन्धी पाँचौँ राष्ट्रिय कार्य योजनाको कार्यन्वयन विषयक अन्तरक्रिया कार्यक्रम फागुन १४ गते विदुरमा सम्पन्न भएको छ । राष्ट्रिय मानव अधिकार आयोगको आयोजनामा भएको कार्यक्रममा आयोगका मानव अधिकार अधिकृत…
परमादेशपछि कुटपिट घटनाका आरोपितविरूद्ध उजुरी दर्ता
डाक्नेश्वरी नपा–८ की २३ वर्षीया कोशिलादेवी मुखियालाई कुटपिट गरी गर्भपतन गराएको आरोपमा प्रहरीले डाक्नेश्वरी नपा–८ का ४५ वर्षीय राजकुमार मुखिया, ४० वर्षीय जीवन मुखिया, ५६ वर्षीय लक्ष्मी मुखिया, ४० वर्षीय…
कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (फागुन १४ गते)
फागुन १४ गते १ सय १२ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या २ लाख ७३ हजार ९ सय ८४ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत…
बलात्कार गरेको कसुरमा १८ वर्ष कैदको फैसला
१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा राजविराज नपा–४ का २२ वर्षीय मो. आसमान निरालेलाई फागुन १२ गते गते जिल्ला अदालतले १८ वर्ष कैद र १० हजार रुपियाँ क्षतिपूर्ति भराउने फैसला…