भोकभोकै विद्यालय जान्छन् चेपाङ समुदायका बालबालिका
बेनिघाटरोराङ गाउँपालिका–२ सिमथलीस्थित प्रजा आधारभुत विद्यालयमा अध्ययनरत चेपाङ समुदायका बालबालिका भोकभोकै विद्यालय जाने गरेका छन् ।
कक्षा २ मा अध्यायनरत ७ वर्षीया सेविका चेपाङ घरमा खानेकुरा नभएकोले खाना नखाई विद्यालय आउँछिन् । जब विद्यालय आउँछिन् यताउता हेरिरहने उनको बानी छ ।
कहिलेकाहीँमात्र बिहानको खाना खाएर आउने भएकोले धेरै जसो भोकै विद्यालय पुगेपछि खाजा बनाउने ठाउँ तिर एकटकले हेरेपछि कक्षाकोठा जाने गर्छिन् ।
भोकै भएकोले निन्याउरो अनुहारमा कक्षा बस्ने उनीहरू कतिखेर खाजा खान पाइन्छ भनेर झ्यालतिर हेरेर बसेको टिठलाग्दो दृश्य देखिन्छ ।
सेविका चेपाङ मात्र होइन विद्यालयका अधिकांश चेपाङ बालबालिकाको अवस्था उस्तै छ । घरमा खानेकुरा नभएपछि बालबालिका विद्यालयले खुवाउने खाजाको लागि विद्यालय आउने गरेका विद्यालयका प्रधानाध्यापक अप्सरा मैनालीले बताउनु भयो ।
कक्षा २ मा अध्यायन गर्ने अनिशा चेपाङ पनि खाली खुट्टा विद्यालय आउँछिन् । उनले आजसम्म विद्यालय पोशाक लगाएको देखिएकै छैन ।
आमा बुबा बिहानै ज्याला गर्न जान्छन् । बिहान निस्कने आमा बुबाले बेलुका घरमा खानेकुरा ल्याए भने उनिहरूले खाना खान पाउँछन् अन्यथा बेलुका पानी खाएर भोकै बस्नु उनिहरूको बाध्यता हो ।
कक्षा ४ मा अध्यायनरत १० वर्षीय सुजन चेपाङ पुरानो कपडा लगाएर विद्यालय आउँछन् । खाना खाने त कहिले काँही बेलुका मात्र हो ।
ज्याला गरेर किनेको चप्पल समेत फटेको छ । विद्यालय आउँदा लाज हुनेभएपछि उनि बिदाको दिन ज्याला गरेर कमाएको थोरै पैसा जोहो गरेर चप्पल किनेर लगाउने गर्छन् ।
यि दुई जना बालबालिका उक्त विद्यालयमा अध्ययनरत प्रतिनिधिमात्र हुन् । प्रजा आधारभुत विद्यालयमा अध्यायन गर्ने १ सय १० विद्यार्थीमध्ये २५ जना विद्यार्थी हरेक दिन विद्यालयको खाजा खान पाइन्छ भनेर जाने गरेका छन् ।
साथै ७५ जना विद्यार्थी खाली खुट्टामा र विद्यालय पोशाक नलगाई विद्यालय आउने गरेको विद्यालयका प्रधानाध्यापक मैनालीले बताउनुभयो ।
घरमा खाने अन्न नभएका चेपाङ समुदायको बसोबास रहेको सिमथलीमा ७० घर छन् । छाप्रा बनाएर बसेका चेपाङ समुदायको गाउँ र विद्यालयमा खानेपानी समेत छैन ।
गाउँमा बसिरहेका स–साना बालबालिका र बृद्धहरू समेत एक छाक खाएर जीवन धानीरहेको अवस्था छ ।
स्थानीय सरकारलेसमेत यस किसिमको अवस्थामा रहेका चेपाङ समूदायका लागि विशेष सुरक्षा कार्यक्रम ल्याउन सकेको छैन ।
गाउँपालिका अध्यक्ष हरि डल्लाकोटीले गाउँको विकासका लागि आफू लागि परेको बताउनु भए पनि सो अनुसारको कुनै कार्यक्रम लागु भएको देखिँदैन । बेनिघाटरोराङ गाउँपालिका अधिकांश नागरिक चेपाङ समूदायका रहेका छन् ।
सीताराम अधिकारी
सम्बन्धित समाचारहरू
समान कामको समान ज्याला नपाएको महिलाको गुनासो
तिला गाउँपालिका–५ डुङ्ग्री गाउँका महिलाले डुङग्री गाउँको प्राथमिक विद्यालयमा दिनभर घेरवार निर्माण गर्दा समान कामको समान ज्याला नपाएको गुनासो गरेका छन् । विद्यालयको घेरवार निमार्णको लागि दिनभर ढुङ्गा, बालुवा र…
प्रतिबन्धित नेकपाका दुई जना कार्यकर्ता गिरफ्तार
नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ता कपिलवस्तु जिल्ला वुद्धभुमी नपा–५ का ५१ वर्षीय गिरबहादुर विक र नवलपरासी पूर्व जिल्ला मध्यविन्दु नपा–७ का ४९ वर्षीय धनबहादुर मुखियालाई प्रहरीले…
मार्ने धम्की दिएको भन्दै वडा अध्यक्षद्वारा प्रहरीमा उजुरी
राजपुर गाउँपालिका–७ का अध्यक्ष ७२ वर्षीय भीमबहादुर खड्काले आफुलाई कार्यकक्षमै मार्ने धम्की दिएको भन्दै तुलसीपुर उपमनपा–१३ घर भई हाल राजपुर गाउँपालिका–७ स्थित सिक्टा माविका प्रधानाध्यापक ३६ वर्षीय विष्णु खत्री विरूद्ध…
सामूहिक बलात्कार घटनाका आरोपित गिरफ्तार
१८ वर्षीया दुई जना युवतीलाई बलात्कार गरेको अरोपमा प्रहरीले बाणगङ्गा नपा–१० घरभई रुपन्देहीमा कार्यरत ट्राफिक प्रहरीमा कार्यरत प्रहरी जवान २९ वर्षीय विशाल शर्मा, बाणगंगा नपा–१० कै २८ वर्षीय गुरुचरण चौधरीलाई…
बलात्कार घटनाका आरोपित गिरफ्तार
आठ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले मालिका गाउँपालिका–१ निस्कोटका ३३ वर्षीय कृष्ण विकलाई माघ ९ गते गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले माघ २ गते बलात्कार गरेको भन्दै पीडित…