‘भेजाइनल स्वाब’ पुष्टि गर्न रगत दिएको आरोपमा निर्मलाकी आमामाथि कुटपिट तथा दुर्व्यवहार
निर्मलाको ‘भेजाइनल स्वाब’मा भएको डिएनए वास्तविक भए नभएको पुष्टि गर्न रगत नमूना दिएको आरोपमा निर्मलाका वुवा यज्ञराज पन्तले पुस २५ गते निर्मलाकी आमा दुर्गादेवी पन्तलाई हातपात तथा दुर्व्यवहार गरेका छन ।
डिएनए परीक्षणका लागि रगतको नमुना संकलन गरिएको विषयमा असन्तुष्टि जनाउँदै पति यज्ञराज र सौता लक्ष्मीले आफूमाथि दुर्व्यवहार गरेको दुर्गादेवी पन्तले बताइन् ।
‘निर्मलाको स्वाबमा भएको डिएनए सही हो कि होइन भनेर जाँच्नुपर्ने माग हामीले नै गरेका थियौँ ।’–उनले भनिन्–‘बुवा र मेरा रगतको नमूना लिने कुरा थियो । म तीन–चार दिन जिल्ला प्रशासन कार्यालय गएँ तर बुवा नगएपछि हिजो बाध्य भएर एक्लै रगतको नमुना सङ्कलन गरेँ ।’
रगतको नमूना सङ्कलन गराएपछि आफूलाई पतिले हातपात गरेको दुर्गादेवीले बताइन् । बिहान खाना पकाउँदै गर्दा पतिले आफ्नो घाँटी अठ्याउँदै कुटपिट गरेको दुर्गादेवीले बताइन् ।
छोरीको हत्या भएको ६ महिना बितिसक्दा पनि न्याय नपाइएको बताउँदै आफूले राहत रकम बुझ्ने निर्णयसमेत गरेको उनले बताइन् । आमाले राहत रकम बुझ्ने निर्णय गरे पनि निर्मलाका बुवाले भने असन्तुष्टि जनाएका छन् ।
उनले राहतको रकम बुझेर सरकारलाई अनुसन्धानका लागि सहयोग गर्ने बताइन् । आफूले राहत रकम बुझ्न खोज्दा पति र सौताले आफूमाथि दुर्व्यवहार गरेको दुर्गादेवीले गुनासो गरिन् ।
कोमलनिरनजन भाट
सम्बन्धित समाचारहरू
यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार
१३ वर्षीया बालिकालाई ०७७ फागुन १२ गते यौन दुर्व्यवहार गरेको आरोपमा सिन्धुपाल्चोक जिल्ला घर भई लिखुतामाकोसी गाउँपालिका–२ मा भाँडाको व्यापार गर्ने २२ वर्षीय सन्जु खत्रीलाई प्रहरीले सोही दिन गिरफ्तार गरेको…
मानव अधिकार कार्य योजनासम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न
मानव अधिकार सम्बन्धी पाँचौँ राष्ट्रिय कार्य योजनाको कार्यन्वयन विषयक अन्तरक्रिया कार्यक्रम फागुन १४ गते विदुरमा सम्पन्न भएको छ । राष्ट्रिय मानव अधिकार आयोगको आयोजनामा भएको कार्यक्रममा आयोगका मानव अधिकार अधिकृत…
परमादेशपछि कुटपिट घटनाका आरोपितविरूद्ध उजुरी दर्ता
डाक्नेश्वरी नपा–८ की २३ वर्षीया कोशिलादेवी मुखियालाई कुटपिट गरी गर्भपतन गराएको आरोपमा प्रहरीले डाक्नेश्वरी नपा–८ का ४५ वर्षीय राजकुमार मुखिया, ४० वर्षीय जीवन मुखिया, ५६ वर्षीय लक्ष्मी मुखिया, ४० वर्षीय…
कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (फागुन १४ गते)
फागुन १४ गते १ सय १२ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या २ लाख ७३ हजार ९ सय ८४ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत…
बलात्कार गरेको कसुरमा १८ वर्ष कैदको फैसला
१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा राजविराज नपा–४ का २२ वर्षीय मो. आसमान निरालेलाई फागुन १२ गते गते जिल्ला अदालतले १८ वर्ष कैद र १० हजार रुपियाँ क्षतिपूर्ति भराउने फैसला…