भूकम्प गएको झण्डै पाचँ वर्षसम्म पनि लाप्राकका भूकम्प पीडितले नयाँ घर पाएनन्

   ०७६ माघ २९ गते

सरकारी अनुदान लिएर घर बनाएका गोरखा जिल्लाका अधिकांश भूकम्प पीडित घर निर्माण सकेर सरिसकेका छन् । धार्चे गाउँपालिका–४ लाप्राक स्थित गुप्सीपाखामा निर्माणाधीन एकीकृत बस्तीले पूर्णता नपाउँदा भूकम्प गएको झण्डै पाचँ वर्ष सम्म भूकम्प पीडितले नयाँ घर पाएका छैनन् ।

लाप्राकमा ५७३ घर धुरी भूकम्प पीडितका लागी गैरआवासीय नेपाली संघ(एनआरएनए) ले गुप्सीपाखामा घर निर्माण गरिरहेको छ ।

२०७३ माघ ३ गते बस्ती निर्माण सुरु हुदाँ आठ महिना भित्रै सकेर हस्तान्तरण गर्ने लक्ष्य राखिएको थियो । तर भौगोलिक विकटता, मौसम र सडकको अवस्थाका कारण बस्ती निर्माणमा ढिला भएको एनआरएनएले बताउदै आएको छ ।

घर निर्माण नसकिदा पुरानै बस्तीमा टहरो र भूकम्पले भत्काएको घरको काठपात प्रयोग गरेर अस्थायी घर निर्माण गरेर भूकम्प पीडित बसेका छन् ।  सबै घरको छाना छाउने काम सकिएको छ । शौचालय र भित्री फिनिसिङको काम मात्र बाँकी छ ।

पाचँ हिउ“द र बर्खा टहरोमा काटेका केहि स्थानीय नया“ घरमा सर्न आतुर देखिन्छन् । गुप्सीपाखाको बस्ती छिटो निर्माण सके आफुहरु सरिहाल्ने स्थानीय तीस माया“ गुरुङले बताउनुभयो ।

‘सधै गुप्सीपाखामा बसेर साध्य त लाग्दैन, खेती किसानीका लागी तल्लो गाउ“मा पनि झर्नै पर्छ,’–उहाँले भन्नुभयो,‘गुप्सीपाखामा घर बन्छ भनेर भत्किएको घरको काठपातको टहरो बनाएको छु, पक्की घर माथि भए यहा“ त काम पर्दा मात्र आएर बसेपनि भयो । यहा“को घरमा उब्जनी राख्न सजिलो पनि हुन्छ ।’

गुप्सीपाखाकै घरको आशमा पक्की घर नबनाएको उहाँले बताउनुभयो । स्वास्थ्य चौकि र विद्यालय गुप्सीपाखा नजिकै सरिसकेका छन् । लाप्राकको पुरानो गाउँबाट दुई घण्टा पैदल हिँडेर विद्यार्थीलाई आउजाउ गर्नुपर्ने बाध्यता थपिएको उहाँले बताउनुभयो ।

मणिकामादेवि मावि लाप्राकको सुविधा सम्पन्न भवन गुप्सीपाखा नजिकैको कलकाङ भन्ने स्थानमा निर्माण भएको छ । ‘बालबालिकालाई सबैभन्दा बढी सजिलो हुन्थ्यो, नजिकै स्कुल भएपछि सहज पनि हुन्छ,’ उहाँले भन्नुभयो ।

२०५६ सालको पहिरो पछि २०७२ वैशाख १२ को भूकम्पले बस्तीलाई थप जोखिम बढाएपछि यहा“का स्थानीयलाई सुरक्षित ठाउ“मा सार्न गुप्सीपाखामा बस्ती निर्माण गरिएको हो ।

गुप्सीपाखाको घर निर्माणमा ढिलाई हुदा“ जोखिम बस्तीमै धेरैजसो भूकम्प पीडितले पक्की र अस्थायी प्रकृतिका घर निर्माण गरेका छन् । केहि गुप्सीपाखा आसपास टहरा हालेर बसेका छन् । गुप्सीपाखामा हिउ“पर्ने, जाडो हुने र खेती गर्ने बारी पनि पुरानै बस्ती नजिक भएकाले एउटा घर तल्लो बस्तीमा अनिवार्य चाहिने केहि स्थानीयहरु बताउ“छन् ।

हिउँ परेर अहिले कामलाई निरन्तरता दिने अवस्था नरहेको धार्चे गाउँपालिका–४ का वडा अध्यक्ष राज गुरुङले बताउनुभयो । मौसमले साथ दिएर निरन्तर काम भए अब बस्ती निर्माणको बाँकी काम पुरा गर्न महिना पनि नलाग्ने उहाँको भनाइ छ । बस्ती भित्र ढल, नालीको व्यवस्थापनको काम पनि बाँकी नै रहेको स्थानीयहरु बताउँछन् ।

 

 


हरिराम उप्रेती