भारतमा जोखिमपुर्ण काम गरिरहेका तीन जना बालकको उद्धार

  ०७६ असार ९ गते

भारतमा जोखिमपुर्ण काममा रहेका तीन जना बालकलाई असार ८ गते बाल कल्याण समिति लखनउको सहयोगमा उद्धार गरी नेपाल फर्काइएको छ ।

जोखिमपुर्ण काममा रहेका बर्दिया जिल्ला बाँसगढी नपा-६ का १४ वर्षीय सौरभ थारू, राजापुरका १४ वर्षीय राहुल बिक र दैलेख जिल्लाका १४ वर्षीय अमरबहादुर थापालाई शक्ति समूहले बाल कल्याण समिति लखनउको सहयोगमा उद्धार गरी नेपालगन्ज ल्याइएको हो ।

उद्धार गरिएका बालकहरूमध्ये सौरभ थारुलाई असार ८ गते नै परिवारको जिम्मा लगाइएको छ भने दैलेखका अमरबहादुर थापालाई सुर्खेत पठाउने र राहुल बिकलाई परिवारको जिम्मा लगाउने तयारी भइरहेको सिविन नेपालगञ्जका संयोजक सिद्दराज पनेरुले बताए । हाल दुवै जना सिविनको नेपालगन्जस्थित बाल गृहमा रहेका छन् ।


स्मृति देवकोटा