भारतबाट भित्रिने नागरिकहरूलाई राहत वितरण

  ०७७ जेठ १५ गते

नेपालगञ्ज मेडिकल कलेज लगायत सङ्घ सस्थाको सहयोग तथा इन्सेक नेपालगञ्जको समन्वयमा जेठ १४ गते भारतबाट भित्रिने नागरिकहरूलाई  राहत वितरण सुरू गरिएको छ ।

कोरोना सङ्क्रमणले विकराल रुप लिन थाले पछि भारतका विभिन्न शहरमा काम गरेर फर्किने नेपालीहरूका लागि नेपालगञ्ज भन्सार कार्यालय नजिकै राहत वितरण गरिएको हो । राहत  वितरण जेठ १४ गते देखि सात दिनसम्म गरिने र आवस्यक परे थप गर्न सकिने डा. नितेस कनोडियाले बताउनु भयो । टाढाबाट आएका नेपाली नागरिकहरू भोकभोकै हिड्न नपरोस भन्ने उद्देश्यले राहत वितरण गरिएको डा. कनोडियाले बताउनु भयो ।

हरेक दिन नेपालगञ्ज भन्सार नाका हुदै करिब १७ सय भन्दा बढीको सङ्ख्यामा आउने गरेका छन् । उनीहरू सबैलाई सात दिनसम्म  विस्कुट, चाउचाउ र पानी, प्रदान गरिएको छ ।

कोरोनाको महामारीमा मनकारी हात यसरी जोडिएर राज्यलाई सहयोग गर्नु गर्वको कुरा भएको  सहायक प्रमुख जिल्ला अधिकारी हरी प्याकुरेलले बताउनु भयो ।

इन्सेक प्रदेश ५ को संयोजक भोला महतले उहाँले कोरानाका कारण नोकरी गुमाएर खाली हात फर्केकाहरूलाई  यस कार्यले थोरै भएपनि राहत महसुश हुने बताउनु भयो ।

राहत वितरण कार्यक्रममा  जिल्ला प्रहरी कार्यालयका एसपी विरबहादुर ओली, सशस्त्र प्रहरी का एसपी दिपक अधिकारी, पत्रकारहरू लगायतका सहभागिता रहेको थियो ।

 

2020052801banke

2020052802banke


इन्सेक प्रदेश ५ कार्यालय, नेपालगञ्ज