भारतबाट बालिकाको उद्धार, आरोपित गिरफ्तार

  ०७६ माघ २९ गते

१६ वर्षीया बालिकालाई भारतको महाराष्ट्रबाट उद्धार गरी माघ २९ गते परिवारको जिम्मा लगाइएको छ ।  बालिकालाई प्रलोभन देखाएर भारत पुरयाउने बर्दिया जिल्ला बासगढी नगरपालिका –४ का २१ वर्षीय हरी सुनारलाई प्रहरीले माघ २९ गते गिरफ्तार गरेको छ ।

माघ १८ गते घरबाट मोटरसाइकलमा लिएर गएको भन्दै खोज तलासकालागि पीडित पक्षले माघ १९ गते इलाका प्रहरी कार्यालय, बासगढीमा उजुरी दिएका थिए ।

इलाकाप्रहरी कार्यालय बासगढीका इन्स्पेक्टर इन्द्रजित सुनारले आरोपित सुनारलाई गिरफ्तार गरि अनुसन्धान अगाडि बढाएको बताउनु भयो ।

 


स्मृति देवकोटा