भान्छा छोएको आरोपमा दलित बालकलाई कुटपिट गरेको आरोप
बराह गाँउपालिका-८ कुम्भिकोटका नौ वर्षीय बालक भीमबहादुर बिकलाई कथित माथिल्लो जातिको भान्छा छोएको आरोपमा स्थानीय बाटु शाही र उनका छोरा भरत शाहीले कुटपिट गरेको पीडित पक्षले आरोप लगाएको छ ।
पीडित बालकलाई भान्छा छोएको भनी आरोपितद्वयले लाठीले निर्घात कुटपिट गरेको पीडित पक्षले आरोप लगाएको हो ।
बाटुका छोरा एवम् पीडित बालकका सहपाठी चक्र शाहीले टर्चलाईट लिन भान्छाकोठामा पठाएलगत्तै बाटु र भरतले लाठीले बेहोश हुनेगरी कुटपिट गरेको पीडितले बताए । कुटपिटका कारण पीडित बालकको शरीरभरी निलडाम परेकाले क्षेत्रीय अस्पताल सुर्खेतमा उपचार भइरहेको छ ।
'म गोठालो गएको थिएँ । घरमा आँउदा छोरालाई देखिनँ । खोज्दै जाँदा बेहोश अवस्थामा बाटुको घरमा छोरालाई फेला पारेँ ।'-भीमबहादुरकी आमा जैसरा बिकले भनिन्-'बाटु र उनका छोरा भरतले छोरालाई बेस्सरी कुटेर बेहोश बनाएका रहेछन् ।'
जातीय भेदभाव तथा छुवाछुत कसुर र सजाय ऐन २०६८ बमोजिम आरोपितद्वयलाई हदैसम्मको कारबाहीको माग गर्दै ०७३ चैत १८ गते जिल्ला प्रहरी कार्यालय सुर्खेतमा उजुरी दिइसकेको पनि जैसराले जानकारी दिइन् ।
पीडितले उजुरी दर्ता गरेपछि आरोपितद्वयको खोजी भइरहेको र गिरफ्तार गरेलगत्तै नेपालको संविधान र जातीय भेदभाव तथा छुवाछुत कसुर र सजाय ऐन २०६८ बमोजिम कारबाही प्रक्रिया अघि बढाउने जिल्ला प्रहरी कार्यालय सुर्खेतका एसपी मोहन आचार्यले बताए ।
दुर्गा थापा
संबंधित समाचारहरू
यौन दुर्व्यवहार गरेको कसुरमा नौ वर्ष कैदको फैसला
१२ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको कसुरमा जिल्ला अदालतले माडी नगरपालिका ६ बसन्तचोकका २४ वर्षीय कृष्ण भन्ने यम प्रसाद सापकोटालाई नौ वर्ष कैद फैसला गरेको छ । न्यायाधीश विनोदकुमार गौतमको…
बलात्कार गरेको कसुरमा १२ वर्ष कैदको फैसला
१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा बाल सुधार गृहमा रहेका १६ वर्षीय बालकलाई जिल्ला अदालत ललितपुरको बाल इजलासले मङ्सिर १८ गते १२ वर्ष कैद सजाय गर्ने फैसला गरेको छ ।…
कक्षाकोठा र शिक्षकको अभावले एउटै कक्षामा पठनपाठन
भूमे गाउँपालिका–२ स्थित बालविकास आधारभूत विद्यालय जङ्गाडाँडामा आवश्यक कक्षाकोठा र शिक्षकको अभावले विद्यार्थीहरूलाई एउटै कक्षाकोठामा राखेर पठनपाठन सञ्चालन भइरहेको छ । कक्षाकोठा र शिक्षकको अभावले विद्यार्थीहरूको पठनपाठन प्रभावित बनेको हो…
शिक्षकले कुटपिट गरेको आरोपमा आयोगमा उजुरी
नेपालगञ्जस्थित रेडहिल एकेडेमी स्कुलको कक्षा २ मा अध्ययनरत आठ वर्षीय प्रतिक रस्तोगीलाई विज्ञान शिक्षक २३ वर्षीय मनोज केसीले गृहकार्य नगरेको आरोपमा कुटपिट गरेको भन्दै पीडित पक्षले राष्ट्रिय मानव अधिकार आयोग…
यूपिआरका सम्बन्धमा गण्डकी प्रदेशस्तरीय परामर्श बैठक सम्पन्न
विश्वव्यापी आवधिक समीक्ष (यूपीआर) का लागि राष्ट्रिय मानव अधिकार आयोगले पोखरामा मङ्सिर १८ गते गण्डकी प्रदेशस्तरीय परामर्श बैठक गरेको छ । बैठकमा बोल्दै गण्डकी प्रदेशका सामाजिक विकास मन्त्री नरदेवी पुनले…