भवन अभावका कारण खुल्ला चौरमा पठनपाठन
विद्यालयमा भवनको अभावले नयाँ शैक्षिक सत्र सुरू भएको दुई महिना बितिसक्दा पनि विद्यार्थीहरू चौरमा अध्ययन गर्न बाध्य भएका छन् ।
ताँजाकोट गाउँपालिका–३ स्थित धर्मोदय माविमा कक्षा कोठाको अभावले विद्यार्थीहरू खुला चौरमा अध्ययन गर्न बाध्य भएको सो विद्यालयका शिक्षक दिपक भण्डारीले गुनासो गरे ।
कक्षा कोठा अभावले गर्दा सो विद्यालयका विद्यार्थीहरू खुल्ला चौरमा अध्ययन गर्न बाध्य भएको शिक्षक भण्डारीले बताए ।
हावाहुरी चल्दा, चर्को घाम लाग्दा र पानी परेको बेला पठनपाठन बन्द हुने गरेको कक्षा तीनमा अध्ययनरत छात्रा बेलमती जैशीले बताइन् ।
विद्यार्थी चाप धेरै भए पनि शिक्षक दरबन्दी कम हुँदा निजी श्रोतबाट शिक्षक व्यवस्था गरिरहेको उक्त विद्यालयमा भवनको अभावले गर्दा साना कक्षाका विद्यार्थीहरू बाहिर पढ्न बाध्य रहेको गुनासो आएको छ ।
कक्षा कोठा अभाव भएर विद्यार्थीहरूलाई अब गर्मी बढेसँगै अध्ययन गर्न कठिन हुने र बर्खामा पानी पर्दा पढाई के गर्ने भन्ने चिन्ता थपिएको छ ।
गत वर्षसम्म जेनतेन चलाइए पनि यसपालि कक्षा कोठाको अभावले दुई–तीन ओटा कक्षाहरू चौरमा सञ्चालन गर्नु बाध्यता रहेको विद्यालयका प्रधानाध्यापक हरिप्रसाद भुवाईले बताए ।
अझ कक्षा दुईलाई त बेन्च राखेर मञ्चमा अध्ययन गराउनु परेको प्रधानाध्यापकको भनाई छ । यतिखेर सो विद्यालयलाई शिक्षक दरबन्दी कम, भवन पनि सीमित र जीर्ण भइसकेकाले कठिनाई सिर्जना भएको छ ।
भवन अभावले विद्यार्थीलाई पठनपाठनमा समस्या भएको र त्यसका लागि स्थानीय तथा प्रदेश सरकारसँग भवन निर्माणका लागि योजना माग गरिएको प्रधानाध्यापकले बताए ।
भवन धेरै भएपनि पुराना र प्रयोग गर्न नसकिने भएका कारण पठनपाठनमा अवरोध सिर्जना भएको ताँजाकोट गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत विष्णुबहादुर शाहीले बताए ।
अहिले पनि प्रदेश सरकारबाट नयाँ भवन निर्माणको कार्यक्रम रहेको र भवन बनेमा समस्या समधान हुने अधिकृतले बताए ।
नन्द सिंह
संबंधित समाचारहरू
बलात्कार गरेको कसुरमा १२ वर्ष कैदको फैसला
१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा बाल सुधार गृहमा रहेका १६ वर्षीय बालकलाई जिल्ला अदालत ललितपुरको बाल इजलासले मङ्सिर १८ गते १२ वर्ष कैद सजाय गर्ने फैसला गरेको छ ।…
कक्षाकोठा र शिक्षकको अभावले एउटै कक्षामा पठनपाठन
भूमे गाउँपालिका–२ स्थित बालविकास आधारभूत विद्यालय जङ्गाडाँडामा आवश्यक कक्षाकोठा र शिक्षकको अभावले विद्यार्थीहरूलाई एउटै कक्षाकोठामा राखेर पठनपाठन सञ्चालन भइरहेको छ । कक्षाकोठा र शिक्षकको अभावले विद्यार्थीहरूको पठनपाठन प्रभावित बनेको हो…
शिक्षकले कुटपिट गरेको आरोपमा आयोगमा उजुरी
नेपालगञ्जस्थित रेडहिल एकेडेमी स्कुलको कक्षा २ मा अध्ययनरत आठ वर्षीय प्रतिक रस्तोगीलाई विज्ञान शिक्षक २३ वर्षीय मनोज केसीले गृहकार्य नगरेको आरोपमा कुटपिट गरेको भन्दै पीडित पक्षले राष्ट्रिय मानव अधिकार आयोग…
यूपिआरका सम्बन्धमा गण्डकी प्रदेशस्तरीय परामर्श बैठक सम्पन्न
विश्वव्यापी आवधिक समीक्ष (यूपीआर) का लागि राष्ट्रिय मानव अधिकार आयोगले पोखरामा मङ्सिर १८ गते गण्डकी प्रदेशस्तरीय परामर्श बैठक गरेको छ । बैठकमा बोल्दै गण्डकी प्रदेशका सामाजिक विकास मन्त्री नरदेवी पुनले…
छाउपडी गोठमा मृत्यु भएकी पार्वतीका जेठाजु गिरफ्तार
छाउपडी गोठमा मृत्यु भएकी साँफेबगर नगरपालिका–३ सिद्देश्वरकी २१ वर्षीया पार्वती बुढाका जेठाजु २५ वर्षीय छत्र रावतलाई मङसिर १९ गते प्रहरीले गिरफ्तार गरेको छ । मृतकका पक्षबाट जाहेरी नआएपनि प्रहरी प्रतिवेदनका…