भयरहीत वातावरणमा मतदान गर्न निर्वाचन आयोगको आग्रह
असार १४ गते हुन लागेको दोश्रो चरणको स्थानीय तह निर्वाचनमा भयरहित वातावरणमा ढुक्क भएर मतदान गर्न निर्वाचन आयुक्त सुधीरकुमार साहले आग्रह गरेका छन् ।
असार ८ गते निर्वाचनको गतिविधिको बारेमा अनुगमन गर्न बैतडी पुगेको आयोगको टोलीका प्रमुख साहले यस्तो आग्रह गरेका हुन् । 'कसैको करकापमा नपरी आफूले इच्छ्याएको व्यक्तिलाई मत दिनुहोस ।'-साहले भने ।
भारतसंग सिमाना जोडिएकाले जिल्लामा सुरक्षा चुनौती हुनसक्ने विश्लेषण गरी ३१ मतदान स्थललाई सुरक्षा सम्म्वेदनशील घोषणा गरिएको छ ।
निर्वाचनको सुरक्षालाई मध्यनजर गर्दै प्रत्येक मतदान केन्द्रमा आवश्यक मात्रामा सुरक्षाकर्मी खटाइसकिएको प्रमुख जिल्ला अधिकारी तुलसीराम पौडेलले बताए ।
नरी बडु
सम्बन्धित समाचारहरू
यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार
१३ वर्षीया बालिकालाई ०७७ फागुन १२ गते यौन दुर्व्यवहार गरेको आरोपमा सिन्धुपाल्चोक जिल्ला घर भई लिखुतामाकोसी गाउँपालिका–२ मा भाँडाको व्यापार गर्ने २२ वर्षीय सन्जु खत्रीलाई प्रहरीले सोही दिन गिरफ्तार गरेको…
मानव अधिकार कार्य योजनासम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न
मानव अधिकार सम्बन्धी पाँचौँ राष्ट्रिय कार्य योजनाको कार्यन्वयन विषयक अन्तरक्रिया कार्यक्रम फागुन १४ गते विदुरमा सम्पन्न भएको छ । राष्ट्रिय मानव अधिकार आयोगको आयोजनामा भएको कार्यक्रममा आयोगका मानव अधिकार अधिकृत…
परमादेशपछि कुटपिट घटनाका आरोपितविरूद्ध उजुरी दर्ता
डाक्नेश्वरी नपा–८ की २३ वर्षीया कोशिलादेवी मुखियालाई कुटपिट गरी गर्भपतन गराएको आरोपमा प्रहरीले डाक्नेश्वरी नपा–८ का ४५ वर्षीय राजकुमार मुखिया, ४० वर्षीय जीवन मुखिया, ५६ वर्षीय लक्ष्मी मुखिया, ४० वर्षीय…
कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (फागुन १४ गते)
फागुन १४ गते १ सय १२ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या २ लाख ७३ हजार ९ सय ८४ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत…
बलात्कार गरेको कसुरमा १८ वर्ष कैदको फैसला
१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा राजविराज नपा–४ का २२ वर्षीय मो. आसमान निरालेलाई फागुन १२ गते गते जिल्ला अदालतले १८ वर्ष कैद र १० हजार रुपियाँ क्षतिपूर्ति भराउने फैसला…