बैतडीमा २२ हजार मेट्रिक टन खाद्यान्न अभाव
खाद्य असुरक्षित जिल्ला मध्येको एक बैतडीमा २२ हजार ४ सय २० मेट्रिक टन खाद्यान्न अभाव हुने जिल्ला कृषि विकास कार्यालयले जनाएको छ ।
जिल्लाको जनसङ्ख्या अनुसार ५० हजार ६ सय ७५ मेट्रिक टन खाद्यान्न आवश्यक भएपनि अहिले जिल्लामा २८ हजार २ सय ५४ मेट्रिक टन मात्रै खाद्यान्न उत्पादन हुने गरेको छ ।
कार्यालयका अनुसार अहिले बैतडीका १४ ओटा गाविस उच्च खाद्य असुरक्षित छन् । ३६ औँ विश्व खाद्य दिवसको अवसरमा आयोजना गरीएको कार्यक्रममा जिल्ला कृषि विकास कार्यालयले उक्त तथ्याङ्क सार्वजनिक गरेको हो ।
विभिन्न १७ ओटा सूचकका आधारमा गाविसको खाद्य सुरक्षाको अवस्था विश्लेषण गरिएको जिल्ला कृषि विकास कार्यालय बैतडीका वरिष्ठ कृषि विकास अधिकृत कमलेश तिवारीले बताए ।
उनका अनुसार खाद्य उपलब्धता, खाद्यमा पहुँच, खाद्यको उपभोग तथा निरन्तरतामा आधारित रहेर खाद्य सुरक्षाको अवस्था पत्ता लगाइन्छ । सूचकहरूलाई विश्लेषण गर्दा जिल्लाका आम्चोरा, विशालपुर, कुलाउ, महाकाली, पञ्चेश्वर, शर्माली, शिवनाथ, उदयदेव, कोटपेटरा, थालाकाँडा, सिगास, शिवलिङ्ग, न्वादेउ र ढुङ्गाड उच्च खाद्य असुरक्षित गाविसको सूचीमा रहेका छन् ।
त्यसैगरी अन्य २३ ओटा गाविस मध्यम खाद्य असुरक्षित अवस्थामा तथा दुई ओटा नगरपालिका र बाँकी २१ ओटा गाविस न्युनतम खाद्य असुरक्षित गाविसको सूचीमा रहेका छन् ।
जिल्लामा कुल खेतीयोग्य जमीन ३१ हजार ४ सय ८५ हेक्टरमध्ये २५ हजार ७ सय हेक्टरमा मात्रै खेती गरिँदै आएको छ । तीमध्ये १० हजार ५ सय २० हेक्टरमा सिञ्चाई सुविधा पुगेको जिल्ला कृषि विकास कार्यालयको तथ्याङ्कले देखाएको छ ।
नरी बडु
सम्बन्धित समाचारहरू
कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (फागुन २० गते)
फागुन २० गते १ सय ७ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या २ लाख ७४ हजार ४ सय ८८ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत…
'आलमलाई जेलबाट छुटाउन लागिरहनेछु'-कांग्रेस सभापति देउवा
नेपाली कांग्रेसका सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले विभिन्न मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका पूर्वमन्त्री मोहम्मद आफ्ताव आलमलाई धैर्य गरेर बस्न आग्रह गर्नु भएको छ । गढीमाई नपा–६ धर्मपुरस्थित श्री…
कर्णालीका प्रमुख सचिवद्वारा आयोगको टोलीमाथि दुर्व्यवहार: घटनामा संलग्नलाई कारबाहीको माग
गाँस, बास र कपासको व्यवस्था गर्नुपर्ने माग राखेर आन्दोलन गरिरहेका वादी समुदायको अवस्था र सरकारको पहल सम्बन्धमा अध्ययनको लागि अनुगमनमा आएको राष्ट्रिय मानव अधिकार आयोगको टोलीलाई प्रमुख सचिवले दुर्व्यवहार गरेको…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले घोडाघोडी नगरपालिका—१ सुखडका १९ वर्षीय प्रबल बुढाथोकीलाई फागुन १९ गते गिरफ्तार गरेको छ । सुखडस्थित कोठामा भेटन बोलाएर पनीमा बेहोस गर्ने औषधि मिसाएको…
यौन दुर्व्यवहार घटनाको मुद्दा मुल्तबीमा राख्ने फैसला
१५ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको घटनाका आरोपित सिरहा नपा–५ का २५ वर्षीय श्याम सदाविरूद्धको मुद्दा जिल्ला अदालत सिरहाले फागुन १९ गते मुल्तबीमा राख्ने फैसला गरेको छ । न्यायाधीश पुष्पराज…