बैतडीका ३१ मतदान स्थल सम्वेदनशील
जिल्लामा रहेका १ सय २० मतदान स्थलमध्ये ३१ ओटा मतदान स्थल सम्वेदनशील रहेको जिल्ला सुरक्षा समितिले जनाएको छ ।
चुनाव लक्षित सुरक्षा व्यवस्थालाई मजवुद बनाउन जिल्लाका विभिन्न मतदान केन्द्रलाई वर्गिकरण गरी सोही अनुसारको सुरक्षा व्यवस्था मिलाइएको प्रमुख जिल्ला अधिकारी तुलसीराम पौडेलले जानकारी दिए ।
जिल्लाको विकट क्षेत्रमा रहेका र खुल्ला सीमाका कारण हुन सक्ने अपराधिक घटनालाई मध्यनजर गर्दै मतदान केन्द्रको सुरक्षा स्थितिको वर्गिकरण गरिएको प्रजिअ पौडेलले बताए ।
सुरक्षा सम्वेदनशीलताको हिसाबमा जिल्लामा अति सम्वेदनशील मतदान केन्द्र भने नरहेको बताइएको छ । बैतडीमा १ सय २० मतदानस्थल एवम् १ सय ७४ मतदान केन्द्र तय गरिएको छ । चार नगरपालिका र ६ गाँउपालिका रहेको बैतडीमा १ लाख २४ हजार ८ सय २४ जना मतदाता रहेका छन् ।
नरी बडु
सम्बन्धित समाचारहरू
वडा अध्यक्षले कुटपिट गरेको घटनाको उजुरी प्रहरीले दर्ता नगरेको पीडितको आरोप
विदेह नपा–४ ठारहीका ४५ वर्षीय सुरुवा पासवान र ३५ वर्षीय गणेशकुमार पासवानलाई सोही वडाका वडा अध्यक्ष ४० वर्षीय विनोद गोहिमानले कुटपिट गरेको भन्दै इलाका प्रहरी कार्यालय खजुरीमा फागुन ११ गते…
बलात्कार घटनाका आरोपित विरुद्ध उजुरी दर्ता
१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा इलाका प्रहरी कार्यालय लहानले फागुन १६ गते १६ वर्षीय बालकविरूद्ध उजुरी दर्ता गरेको छ । पीडित बालिकालाई आरोपित बालकले फागुन ९ गते बलात्कार गरेको…
कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (फागुन १७ गते)
फागुन १७ गते ७३ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या २ लाख ७४ हजार २ सय १६ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत २४ घण्टामा…
कारागारमा दुई समूहबिच झडप हुँदा ६ जना घाइते
जिल्ला कारागार तनहुँमा फागुन १७ गते दिउँसो दुई समूहबिच झडप हुँदा ६ जना कैदीबन्दी घाइते भएका छन् । अन्यत्रका कैदीबन्दीलाई तनहुँ कारागारमा स्थान्तारण गरेपछि नाइके बन्ने विषयमा दुई समूहबिच झडप…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले आरुघाट गाउँपालिका–६ का २६ वर्षीय काशिराम सुनारलाई गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले फागुन ८ गते मोटरसाइकलमा मामा घर पुर्याइदिन्छु भन्दै आफ्नो घर…