बेपत्ता पारिएका व्यक्तिको छानविन आयोगद्वारा अनुसन्धान सुरू
सशस्त्र द्वन्द्वको क्रममा राज्य र तत्कालिन विद्रोही पक्षबाट बलर्पुवक बेपत्ता पारिएका व्यक्तिहरूको घटनाको सम्बन्धमा बेपत्ता पारिएका व्यक्तिको छानविन आयोगले मङ्सिर २ गतेदेखि अनुसन्धान सुरू गरेको छ ।
आयोगले बर्दिया जिल्लाको चार स्थानका कार्यालय स्थापना गरी अनुसन्धान सुरू गरेको सो आयोगका सदस्य बिजुल बिक दुलालले बताए ।
बाँसगढी नपाको बाँसगढीमा मङ्सिर २ गते कार्यालय स्थापना गरेर अनुसन्धान अगाडि बढाएको र पहिलो दिनमै पाँच जना पीडितका परिवारसँग भेटघाट गरी काम सकिएको बाँसगढीमा स्थापना गरिएको कार्यालयका प्रमुख विष्णुप्रसाद आचार्यले बताए ।
बेपत्ता आयोगले दिएको जानकारी अनुसार ठाकुरबाबा नपाको भुरी गाउँ र राजापुर नपाको राजापुरमा मङ्सिर ३ गते साथै गुलरिया नपाको गुलरियामा मङ्सिर ४ गते कार्यालय स्थापना गरी कार्य सरू उजुरीको अनुसन्धान गरिनेछ ।
बर्दिया जिल्लाबाट सशस्त्र द्वन्द्वको क्रममा राज्य र तत्कालिन विद्रोही पक्षबाट बलपुर्वक बेपत्ता पारिएका व्यक्तिहरूका परिवारबाट आयोगमा २ सय ८८ ओटा उजुरी परेको थियो ।
आयोगले २ सय ५५ ओटा उजुरीमाथि पीडित परिवारसँग प्रत्यक्ष भेटघाट गरी अनुसन्धान अगाडि बढाएको छ । दर्ता भएकामध्ये २४ ओटा सत्य निरूपण तथा मेलमिलाप आयोगको अनुसन्धान कार्यक्षेत्र भित्र परेको भन्दै उतै पठाएको थियो । तर, सत्य आयोगले ती मध्ये आठ ओटा पुनः बेपत्ता आयोगमा पठाएको छ । नौ ओटा उजुरी भने पीडित दोहोरिएकाले हटाइएको छ ।
सशस्त्र द्वन्द्वको क्रममा राज्य र तत्कालिन विद्रोही पक्षबाट बर्दिया जिल्लामा सबैभन्दा बढी बलर्पुवक बेपत्ता पारिएका व्यक्तिहरूको सङ्ख्या रहेको छ ।
स्थानीय शान्ति समिति बर्दियाको तथ्याङ्क अनुसार बर्दिया जिल्लामा सशस्त्र द्वन्द्वको समयमा राज्य र तत्कालिन विद्रोही पक्षबाट २ सय ६९ जना बेपत्ता पारिएका थिए ।
मानबहादुर चौधरी
सम्बन्धित समाचारहरू
म्यासेञ्जर च्याटको विषयमा बालिकामाथि कुटपिट
उर्लावारी नगरपालिका-४ थापाडाँगीकी १६ वर्षीया बालिका आयुष्मा बस्नेतलाई म्यासेञ्जर च्याटको विषयलाई उर्लावारी नगरपालिका-५ सूर्यचोकका २० वर्षीय यूनिक शिवाले कुटपिट गरेको पीडित पक्षले आरोप लगाएको छ । साथीको फेसबुक आइडी चलाएको…
यौन दुर्व्यवहार घटनाका आरोपितहरू गिरफ्तार
१४ वर्षीया दुई जना बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा इन्द्रावती गाउँपालिका-६ घरभई श्री कमला देवी माविका शिक्षक ४५ वर्षीय सुरेन्द्र कोइराला र सोही विद्यालयका शिक्षक ४९ वर्षीय कविराज पौड्याललाई प्रहरीले…
दलित भएकै कारण वृद्धाश्रममा बस्न नदिएको पीडितको आरोप, प्रहरीमा उजुरी
उर्लावारी नगरपालिका-१ की ६२ वर्षीया ज्येष्ठ नागरिक शोभा सुन्दास(परियार) ले दलित भएकै कारण विराटनगर महानगरपालिका-१ पुष्पलाल चोकस्थित जागृति वृद्धाश्रमले राख्न अस्वीकार गरेको आरोप लगाउनु भएको छ । दलित भएको भन्दै…
यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार
६ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा ३८ वर्षीय बुवालाई प्रहरीले ०८० मङ्सिर २१ गते कावासोतीबाट गिरफ्तार गरेको छ । बालिकाले घटनाको बारेमा आफ्नो साथिलाई सुनाउनुभएको थियो र साथिले आफ्नो…
१५ औँ मानव अधिकार राष्ट्रिय महाभेला सुरु
'प्राकृतिक प्रकोप तथा विपदबाट प्रभावितहरुको मानव अधिकारको सुनिश्चितताः आजको आवश्यकता' भन्ने नाराका साथ १५ औँ मानव अधिकार राष्ट्रिय महाभेला ०८० मङ्सिर २२ गतेदेखि ललितपुरमा सुरु भएको छ । मानव अधिकारका…