बेचविखन घटनाका आरोपित गिरफ्तार
२१ वर्षदेखि २६ वर्षउमेरका तीन जना महिलालाई प्रलोभनमा पारेर भारत हुँदै तेस्रो देशमा पठाउन लागेको आरोपमा झापा गरामुनी-७ का राजकिशोर बजगार्इंलाई प्रहरीले मङ्सिर १९ गते हेटौडाबाट गिरफ्तार गरेको छ ।
हेटौडा उमनपा-१० स्थित बसपार्कबाट तीन जना महिलालाई उद्धार गर्नुको साथै आरोपित बजगाईंलाई गिरफ्तार गरिएको प्रहरीले जनाएको छ ।
तीनै जना युवतीको राहदानी पनि बजगाईंले नै काठमाडौँबाट बनाइदिएको आरोप लगाएको छ । भारत हुँदै एक युवतीलाई दुवई र दुई जना युवतीलाई कुवेत पठाउने भनेर फकाएर ल्याएकाले आरोपितलाई गिरफ्तार गरेको प्रहरीले जनाएको छ ।
भारतको दिल्लीबाट तीनै जनालाई रोजगारीको निम्ति कुवेत र दुवई पठाउने भनेर ल्याएको प्रहरीसमक्ष पीडित महिलाले बयान दिएका छन् ।
प्रहरीले उद्धार गरिएका तीनै जनालाई उनीहरूको परिवारको जिम्मा लगाउन बोलाएको जनाएको छ ।
प्रताप विष्ट
सम्बन्धित समाचारहरू
विद्यालय व्यवस्थापन समितिको चुनाव सकेर घर फर्किने क्रममा खुँडा प्रहार गरी हत्या
छविसपाथिभेरा गाउँपालिकाको–३ स्थित बान्नीचौर माध्यामिक विद्यालयको व्यवस्थापन समितिको चुनाव सकेर घर फर्किने क्रममा सोही गाउँपालिका–३ का २७ वर्षीय अमृत सिंहमाथि खुंडा प्रहार गरी माघ १३ गते साँझ हत्या गरिएको छ…
बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार
१८ वर्षीया युवतीलाई बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले तुलसीपुर उपमनपा–६ का १९ वर्षीय नवराज जैसीलाई माघ १२ गते गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले माघ ९ गते यौन दुर्व्यवहार गरेको…
कोभिड–१९ः यो साता ३१ हजार स्वाब परीक्षण गर्दा २ हजारलाई सङ्क्रमण
यो साता ३१ हजार ३ सय ५५ ओटा स्वाब परीक्षण गर्दा २ हजार १ सय ४५ जनामा कोभिडको सङ्क्रमण देखिएको छ । निको हुनेको सङ्ख्या भने २ हजार ७ सय…
कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (माघ १३ गते)
माघ १३ गते ३ सय ३ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या २ लाख ७० हजार ९२ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत २४ घण्टामा…
स्वास्थ्यको ख्याल गर्दै न्यायिक अभियान अघि बढाउन इन्सेककर्मीको सुझाव
इन्सेककी अध्यक्ष डाक्टर इन्दिरा श्रेष्ठको नेतृत्वमा वीर अस्पताल पुगेको इन्सेककर्मीको टोलीले गोरखा फुजेलका कृष्णप्रसाद अधिकारीको हत्यारालाई कारवाहीको माग राख्दै अनशनमा बस्नु भएकी कृष्णकी आमा गङ्गामाया अधिकारीको स्वास्थ्य अवस्थाबारे जानकारी लिएको…