बेचबिखन प्रयास घटनाका आरोपित गिरफ्तार

  ०७६ माघ २७ गते

१७ वर्षीया बालिकालाई बेचबिखन गर्न लागेको आरोपमा प्रहरीले  सिरानचोक गाउँपालिका–७ तल्लो गोहोरका ३९ वर्षीय रामबाबु दतराज र ७१ वर्षीय भिम प्रसाद ढकाललाई माघ २४ गते गिरफ्तार गरेको छ ।

बालिकालाई  आफुहरुसँग चितवन गए भाग्य चम्कने र एक करोड रुपियाँ पनि पाउने प्रलोभनमा पारेको प्रारम्भिक अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी कार्यालयका डिएसपी वासुदेव खतिवडाले जानकारी दिनुभयो ।

गाडी चढ्ने बेला बालिकालाई शंका लागेर भागेको र घर पुगेर आमालाई सबै कुरा बताएपछि पीडित पक्ष प्रहरीमा आएको उहाँले बताउनुभयो ।

पीडित बालिकाको माघ २३ गते साझँ उचाइ नापेर भिडियो बनाएको आरोपितले माघ २४ गते बालिकालाई चितवन लान लागेको प्रहरीले जनाएको छ । पीडितकी आमाको मौखिक उजुरी पश्चात आरोपितलाई प्रहरीले माघ २४ गते गिरफतार गरेको थियो ।

पीडितका आफन्तले माघ २५ गते जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएको र आरोपितलाई प्रहरीले माघ २५ गते जिल्ला अदालतमा मुद्दा दर्ता गरि अनुसन्धान प्रक्रिया अघि बढाएको डिएसपी खतिवडाले बताउनुभयो ।

 

 

 

 

 


हरिराम उप्रेती