बेचबिखन तथा बलात्कार घटनाका आरोपित गिरफ्तार

  ०७६ साउन २ गते

१७ वर्षीया बालिकालाई विभिन्न प्रलोभन देखाई भारततिर लगेर बलात्कार गरी यौन कार्यमा लगाएको आरोपमा प्रहरीले गैडहवा गाउँपालिका-३ का २५ वर्षीय जयकुमार गोसाईलाई असार ३१ गते गिरफ्तार गरेको छ ।

पीडित बालिकालाई आरोपितले राम्रो जागिर लगाइदिने प्रलोभन देखाई नवलपरासीको महेशपुर नाका हुँदै भारतको निच्लोड भन्ने ठाउँमा लगी दिउँसो आकृष्टमा नाच्न लगाउने र राति आफूसँग र अन्यसँग पनि यौन सम्पर्क गर्न लगाएको र भारतमा आफूलाई यौन पेशामा लगाई नेपाल आएको र असार २९ गते पीडित भागेर नेपाल आई आरोपितविरूद्ध असार ३० गते इलाका प्रहरी कार्यालय बुटवलमा उजुरी दिएकी थिइन् ।

पीडितले दिएको उजुरीका आधारमा प्रहरीले खोजी कार्य अगाडि बढाएकोमा असार ३१ गते बुटवल उमनपा-११ मा लुक्दै गरेको अवस्थामा असार ३१ गते गिरफ्तार गरेको इलाका प्रहरी कार्यालयका डिएसपी भिमलाल भट्टराईले बताए ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण असार ३० गते नै लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा गरिएको प्रहरीले जनायो ।


रीमा बि.सी.