बेचबिखन घटनाका आरोपित गिरफ्तार

  ०७६ मङ्सिर १७ गते

मानब बेचबिखन तथा ओसारपसार मुद्दाका फरार आरोपित बाँसगढी नपा–४ का ५२ वर्षीय बिष्णुबहादुर बस्नेतलाई प्रहरीले मङ्सिर १५ गते गिरफ्तार गरेको छ ।

४३ वर्षीया महिलालाई आरोपितले कुवेतमा लगेर बेचबिखन गरेको भन्दै पीडित महिलाले भदौ १३ गते रोल्पा जिल्ला लिवाङ नपा–६ कोटगाउँका जोखबहादुर भनिने ३६ वर्षीय जोखे खड्का र बिष्णुबहादुर बस्नेत विरूद्ध जिल्ला प्रहरी कार्यालय बर्दियामा उजुरी दिनुभएको थियो ।

पीडितको उजुरीका आधारमा आरोपित जोखे खड्कालाई काठमाडौँबाट मङ्सिर ८ गते गिरफ्तार गरेको थियो । फरार रहेका बिष्णुबहादुर बस्नेतलाई खड्काको बयानका आधारमा बर्दियाबाट गिरफ्तार गरिएको एसपी राजेशनाथ बास्तोलाले बताउनु भयो ।


मानबहादुर चौधरी