बेचबिखन घटनाका आरोपितविरूद्ध प्रहरीमा उजुरी

  ०७६ मङ्सिर ११ गते

१५ वर्षीया बालिकालाई बेचबिखन गरेको आरोपमा सुनवल नपा–१२ मा हरकट्टाका १८ वर्षीय विनय परियारविरूद्ध पीडित पक्षले मङ्सिर ९ गते उजुरी दर्ता गराएको छ ।
पीडित बालिकालाई आरोपित परियारले मङ्सिर ८ गते भारततर्फ लगेको भन्दै पीडित बालिकाकी आमाले इलाका प्रहरी कार्यालय बर्दघाटमा उजुरी दिनु भएको थियो ।
पीडितको अवस्था समेत अज्ञात रहेको र घटनाको अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालयका इन्स्पेक्टर  हिमबहादुर केसीले बताउनु भयो ।


नारायण पराजुली