बुहारी हत्या घटनाका आरोपितविरुद्ध उजुरी दर्ता

  ०७४ चैत ६ गते

सखुवा प्रसौनी गाउँपालिका-५ बलुवाकी २४ वर्षीया ज्ञान्तीदेवी यादवलाई कुटपिट गरी चैत २ गते हत्या गरेको आरोपमा ५० वर्षीय ससुरा रामबालक प्रसाद यादवविरुद्ध चैत ४ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दर्ता गरिएको छ ।

मृतक ज्ञान्तीदेवीका बुवा बहुदरामाई नपा-१ बिश्रामपुरका ४८ वर्षीय पारस राउत अहिरले जिल्ला प्रहरी कार्यालय पर्सामा उजुरी दिएका थिए ।

आरोपित यादवलाई चैत ३ गते गिरफ्तार गरी कर्तब्य ज्यान मुद्दामा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्सा डिएसपी राजन लिम्बुले बताए । दिउँसो १२ बजेतिर ज्ञान्तीदेवीलाई परिवारका सदस्यहरूले मिलेर कुटपिट गरी हत्या गरेको पीडित पक्षको आरोप छ ।

मृतकका २५ वर्षीय पति रामबाबु यादव भने फरार रहेका छन् । शवको पोष्टमार्टम बीरगञ्जस्थित नारायणी उपक्षेत्रीय अस्पतालमा चैत ३ गते भएको प्रहरीले जनाएको छ ।


केसी लामिछाने