बुहारी हत्या घटनाका आरोपित गिरफ्तार
पाताभार गाविस-८ की ४१ वर्षीया मनसरा ढकाललाई हत्या गरेको आरोपमा ५५ वर्षीय ससुरा जवालसिंह ढकाललाई प्रहरीले असोज १५ गते गिरफ्तार गरेको छ ।
पीडित महिलालाई असोज १५ गते अंशबण्डा तथा घरायसी विषयमा विवाद हुँदा आरोपितले मसला पिस्ने सिलौटाले टाउकोमा प्रहार गरी घाइते बनाएको प्रहरीले जनाएको छ ।
घाइते मनसरको उपचारका क्रममा नेपालगञ्ज मेडिकल कलेजमा असोज १५ गते मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका डीएसपी नेत्रमणी गिरीले बताए ।
घटना पश्चात फरार रहेका आरोपितलाई कैलालीको टिकापुरबाट गिरफ्तार गरी अनुसन्धान अगाडि बढाइएको डीएसपी गिरीले बताए ।
पीडित महिलाको शवको पोष्टमार्टम भेरी अञ्चल अस्पताल नेपालगञ्जमा असोज १५ गते गरिएको प्रहरीले जनाएको छ ।
मानबहादुर चौधरी
संबंधित समाचारहरू
यौन दुर्व्यवहार गरेको कसुरमा नौ वर्ष कैदको फैसला
१२ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको कसुरमा जिल्ला अदालतले माडी नगरपालिका ६ बसन्तचोकका २४ वर्षीय कृष्ण भन्ने यम प्रसाद सापकोटालाई नौ वर्ष कैद फैसला गरेको छ । न्यायाधीश विनोदकुमार गौतमको…
बलात्कार गरेको कसुरमा १२ वर्ष कैदको फैसला
१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा बाल सुधार गृहमा रहेका १६ वर्षीय बालकलाई जिल्ला अदालत ललितपुरको बाल इजलासले मङ्सिर १८ गते १२ वर्ष कैद सजाय गर्ने फैसला गरेको छ ।…
कक्षाकोठा र शिक्षकको अभावले एउटै कक्षामा पठनपाठन
भूमे गाउँपालिका–२ स्थित बालविकास आधारभूत विद्यालय जङ्गाडाँडामा आवश्यक कक्षाकोठा र शिक्षकको अभावले विद्यार्थीहरूलाई एउटै कक्षाकोठामा राखेर पठनपाठन सञ्चालन भइरहेको छ । कक्षाकोठा र शिक्षकको अभावले विद्यार्थीहरूको पठनपाठन प्रभावित बनेको हो…
शिक्षकले कुटपिट गरेको आरोपमा आयोगमा उजुरी
नेपालगञ्जस्थित रेडहिल एकेडेमी स्कुलको कक्षा २ मा अध्ययनरत आठ वर्षीय प्रतिक रस्तोगीलाई विज्ञान शिक्षक २३ वर्षीय मनोज केसीले गृहकार्य नगरेको आरोपमा कुटपिट गरेको भन्दै पीडित पक्षले राष्ट्रिय मानव अधिकार आयोग…
यूपिआरका सम्बन्धमा गण्डकी प्रदेशस्तरीय परामर्श बैठक सम्पन्न
विश्वव्यापी आवधिक समीक्ष (यूपीआर) का लागि राष्ट्रिय मानव अधिकार आयोगले पोखरामा मङ्सिर १८ गते गण्डकी प्रदेशस्तरीय परामर्श बैठक गरेको छ । बैठकमा बोल्दै गण्डकी प्रदेशका सामाजिक विकास मन्त्री नरदेवी पुनले…