बुहारी हत्या गरेको कसुरमा कैद सुनाइएका ससुरा गिरफ्तार
लोहारपट्टी नपा–३ की २० वर्षीया विनादेवी सहनीलाई हत्या गरेको कसुरमा जिल्ला अदालतबाट २० वर्ष कैद सजाय सुनाइएपछि फरार रहेका ५२ वर्षीय ससुरा शङ्कर सहनीलाई प्रहरीले महदैयाबाठ फागुन ६ गते गिरफ्तार गरेको छ ।
जिल्ला प्रहरी कार्यालय महोत्तरीका डिएसपी प्रकाश बिष्टका अनुसार गिरफ्तार गरिएका सहनीलाई फागुन ६ गते नै अदालतमा पेस गरिएकोमा अदालतले कोरोना भाइरस चेकजाँच गरी ल्याउन भनिएपछि हाल जिल्ला प्रहरी कार्यालय महोत्तरीको हिरासतमा राखिएको छ ।
शङ्करले बुहारी विनादेवीलाई घरायसी विवादका कारण विष खुवाई घाँटी थिचेर हत्या गरेको कसुरमा अदालतले यस्तो फैसला सुनाएको थियो ।
प्रहरीका अनुसार २०६४ भदौ १३ गते ससुरा शङ्कर सहनी, सासू चन्दरदेवी सहनी, देवर राजकुमार सहनी, छिमेकी बली साह र शङ्कर साह मिलेर विनाको हत्या गरेको आरोप थियो ।
आरोपितमध्ये ससुरा शङ्कर सहनी, सासू चन्दर देवी र छिमेकी शङ्कर साहलाई २० वर्ष कैद र मृतकका देवर राजकुमारलाई १५ वर्ष कैद तथा ३० रुपियाँ जरिबाना तोकिएको छ ।
यसमध्ये छिमेकी बलीको मृत्यु भइसकेको र शङ्कर साहलाई गत माघ १८ गते गिरफ्तार गरिसकिएको प्रहरीले जनाएको छ ।
यो घट्नामा अदालतबाट कैद सुनाइएकामध्ये दुई जनालाई प्रहरीले गिरफ्तार गरेपनि अन्य भने अहिलेसम्म गिरफ्तार भएका छैनन् ।
अजयकुमार साह
सम्बन्धित समाचारहरू
कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (फागुन २१ गते)
फागुन २१ गते १ सय २० जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या २ लाख ७४ हजार ६ सय ८ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत…
यौन दुर्व्यवहार गरेको कसुरमा २ महिना कैद सजायको फैसला
१९ वर्षीया युवतीलाई यौन दुर्व्यवहार गरेको कसुरमा सल्यानको बनगाड कुपिण्डे नगरपालिका –२ का २८ वर्षीय गोपाल सुनारलाई जिल्ला अदालत सल्यानले दुइ महिना कैद तथा १० हजार क्षतिपुर्तिको फैसला गरेको छ…
हत्या घटनाका आरोपित गिरफ्तार पछि प्रहरीद्वारा सार्बजनिक
रेसुङ्गा नगरपालिका– ३ की २१ वर्षीया सम्झना बोहराको हत्या गरेको आरोपमा प्रहरीले सोही ठाउँका ४७ वर्षीय लालबहादुर खत्रीलाई फागुन १७ गते गिरफ्तार गरी प्रारम्भिक अनुसन्धानबाट हत्यामा सङ्लग्न रहेको पाइएपछि प्रहरीले…
सामुहिक बलात्कार घटनाका एक जना आरोपित गिरफ्तार
३२ वर्षीया महिलालाई सामुहिक बलात्कार गरी फरार रहेका जुगल गाउँपालिका–४ का २० वर्षीय दिलिप सापकोटालाई ०७७ फागुण १९ गते चौतारा बजारबाट गिरफ्तार गरेकोे जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर रामचन्द्र घिमिरेले बताउनुभयो…
दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार
हेटौँडा उपमहानगरपालिका–१५ स्थित रिद्धीसिद्धी सिमेन्ट उद्योगका महिला कर्मचारीमाथि दुर्व्यवहार गरेको आरोपमा प्रहरीले फागुन १७ गते उद्योगका महाप्रबन्धक तथा पूर्व एसएसपी ५८ वर्षीय लोकेन्द्रबहादुर मल्ललाई गिरफ्तार गरेको छ । आरोपितले उद्योगमा…