बुहारी हत्याको आरोपमा सासु ससुरा गिरफ्तार

  ०७६ चैत २३ गते

बहुदरमाई नपा–८ रामनगरी टोल बस्ने २५ वर्षीया बुहारी उर्मीलादेवी पण्डितको हत्या गरेको आरोपमा प्रहरीले ५० वर्षीय ससुरा सुरेश पण्डित, सासु ४५ वर्षीया फूलकुमारी देवी र उनीहरुकी कान्छी बुहारी २३ वर्षीया मालती देवीलाई चैत २२ गते गिरफ्तार गरेको छ ।

बुहारी पण्डितको हत्या गरेको अभियोगमा अनुसधानकालागि उनीहरूलाई गिरफ्तार गरिएको ईलाक प्रहरी कार्यालय पोखरियाका इन्सपेक्टर चन्द्र सिंहले जानकारी दिनु भएको छ ।

शवलाई घाटमा लगेर अन्तिम संस्कार गरिरहेको अवस्थामा चैत २२ गते बेलुकी ११ः३० बजे प्रहरीले उनीहरूलाई गिरफ्तार गरेको हो ।

आधा भाग जलिसकेको अवस्थामा मृतकको शव पनि नियन्त्रणमा लिइएको सिंहले बताउनु भयो । पक्राउ परेका तीनैजनालाई प्रहरी हिरासतमा राखी थप अनुसन्धान भइरहेको तथा नियन्त्रणमा लिइएको शवलाई पोष्टमार्टमको लागि नारायणी अस्पतालमा पठाईने ईलाका प्रहरी कार्यालय पोखरियाले जनाएको छ । मृतक उर्मिलाका श्रीमान् विदेशमा रहेको प्रहरीले जनाएको छ ।

टेम्पु चलाउने पेशामा संलग्न ससुरा पण्डितले आफ्नै टेम्पुमा शव राखेर बत्ती समेत नबाली अध्यरोमै घाटमा पु¥याएको स्थानीयले बताएका छन् । स्थानीयका अनुसार उर्मिलादेवीको मरण प्राकृतिक होइन ।


केसी लामिछाने