हतियार प्रहार गरी बाबुको हत्या, घटनाका आरोपित गिरफ्तार

  ०७७ जेठ १४ गते

बसबरिया गाउँपालिका–५ धनगढाका ७५ वर्षीय बुवा रामअधिन रायलाई घरेलुहतियार प्रहार गरी  जेठ १३ गते हत्या गरेको आरोपमा प्रहरीले ४० वर्षीय छोरा बिनोद रायलाई गिरफ्तार गरेको छ ।

मृतकका जेठा छोरा ४३ वर्षीय रामविश्वास रायले जेठ १४ गते बिहान आफ्नै घरको खाटमुनी लुकेको अवस्थामा आरोपितलाई गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालय मलङ्गवाका डिएसपी कुँवरले जानकारी दिनु भएको छ ।

जग्गा जमीनको विषयलाई लिएर आरोपित मदिरा सेवन गरी पटकपटक बुबालाई गाली, बेइज्जती र कुटपीट गर्दै आएको रामविश्वास रायले आरोप लगाउनु भएको छ ।

घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालयका डिएसपी कुँवरले जानकारी दिनु भएको छ ।

शवको पोष्टमार्टम जेठ १४ गते सर्लाही जिल्ला अस्पताल मलङ्गवामा गरिएको छ ।


बुधन साह