बुटवलमा उपचाररत गुल्मीका कोरोना सङ्क्रमितको मृत्यु

  ०७७ जेठ ८ गते

तिलोत्तमा नपा मणिग्रामस्थित क्रिमसन अस्पतालमा उपचार भइरहेका गुल्मी जिल्ला मदाने गाँउपालिकाका ४१ वर्षीय पुरूषको  उपचारको क्रममा  जेठ ८ गते मृत्यु भएको अस्पतालले जनाएको छ ।  यससँगै कोरोना सङ्क्रमणका कारण नेपालमा मृत्यु हुनेको सङ्ख्या  तीन पुगेको छ ।

रुघाखोकी र ज्वरो आउने समस्या भएपछि जेठ १ गते उपचारको लागि क्रिमसन अस्पतालमा भर्ना भएका थिए । उनको भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो ।  बिरामीको मृत्यु भए पछि प्रदेश ५ सामाजिक विकास मन्त्रालयले सामाजिक विकास मन्त्री सुदर्शन बरालको हस्ताक्षर सहितको शोक विज्ञप्ति समेत निकालेर मृत्यु भएको पुष्टी गरेको छ ।

रुपन्देहीका प्रमुख जिल्ला अधिकारी महादेव पन्थले मृतकको अन्तिम संस्कारका लागि मृतकका आफन्त र अस्पतालसँग समन्वय भइरहेको र जिल्ला प्रकोप व्यवस्थापन समितिको पूर्व निर्णय अनुसार अन्तिम संस्कार गरिने बताउनु भयो ।

यस अघि सिन्धुपाल्चोककी २९ वर्षीया महिला र बाँकेका  २५ वर्षीय युवकको  कोरोना सङ्क्रमणका कारण मृत्यु भएको थियो ।

 


रीमा बिसी