बीरगञ्ज महानगरमा टिफिन बम, सेनाद्वारा निष्कृय

  ०७५ वैशाख ६ गते

बीरगञ्ज महानगरपालिका कार्यालयमा फेला परेको टिफिन बम नेपाली सेनाले निष्कृय पारेको छ ।

बीरगञ्ज महानगर कार्यालयमा महानगर प्रमुख बिजय सरावगीको कार्यकक्ष भन्दा बाहिर रहेको भर्‍याङ्ग छेउमा बम फेला परेको महानगर प्रमुखका प्रेस संयोजक अनिल तिवारीले बताए ।

बीरगञ्ज महानगरमा फेला परेको टिफिन बम भएको नेपाली सेनाले जनाएको छ । नास्ता राख्ने टिफीनमा बम तयार पारिएकोले सेनाले टिफिम बम भनेको हो । बम कसले राखेको भन्ने खुल्न नसकेको प्रहरीले जनाएको छ ।


के.सी.लामिछाने