बाह्रबिसे बसपार्कमा सुतली बम विष्फोट

  ०७४ मङ्सिर ८ गते

बाह्रबिसे नगरपालकालिका स्थित बसपार्कमा मङ्सिर ८ गते बिहान ८ः१५ बजे सुतली बम विष्फोट भएको छ ।

विष्फोटबाट कुनै भौतिक तथा मानवीय क्षति नभएको स्थानीयले जनाएको छ । घटनास्थलमा सुरक्षाकर्मी परिचालन गरिएको इलाका प्रहरी कार्यालय बाह्रबिसेले जनाएको छ । बम विष्फोटको घटनापछि बाह्रबिसे-काठमाडौँ चल्ने सवारी साधनहरू ठप्प भएको छ ।


नातिबाबु धिताल