बाल विवाह घटनाका आरोपित गिरफ्तार

  ०७४ जेठ १९ गते

१४ वर्षीया बालिकालाई बालविवाह गरेको आरोपमा नौमूले गाउँपालिका-१ तोलीका १९ वर्षीय भीमबहादुर मल्ललाई प्रहरीले जेठ १९ गते गिरफ्तार गरेको छ ।

पीडित बालिकासँग आरोपितले गत चैत १८ गते विवाह गरेको आरोपमा पीडित पक्षले प्रहरीमा उजुरी दिएपछि आरोपितलाई गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर बजीरसिंह बिष्टले बताए ।


अमर सुनार