बाल विवाह घटनाका आरोपितविरुद्ध प्रहरीमा उजुरी
१५ वर्षीया बालिकालाई गुल्मी जिल्ला खड्ककोट गाविस-४, उर्लेनीका २१ वर्षीय पवन ढकालविरुद्ध आवश्यक कारवाहीको माग गर्दै पीडित बालिकाकी आमाले फागुन १ गते जिल्ला प्रहरी कार्यालय, पर्वतमा उजुरी दिएकी छन् ।
पीडित बालिकालाई गत माघ २१ गते मकैको सातुमा लठ्याउने पदार्थ खुवाएर माघ २२ गते विवाह गरेको पीडित बालिकाकी आमाले बताएकी छन् ।
घरबाट भगाएर लगेको चार दिनपछि ०७३ साल माघ २४ गते पीडित बालिकाले आमालाई फोन गरेर जानकारी गराएपछि पीडित पक्षले फलेवास प्रहरी चौकीमा उजुरी दिएका थिए ।
फलेवास प्रहरी चौकीले माघ २५ गते आरोपितलाई कार्यालयमा झिकाएर सम्झाइबुझाइ आरोपित र पीडित दुवै पक्षलाई आआफ्नो अभिभावकको जिम्मा लगाएर पठाएको पीडित बालिकाकी आमाले बताएकी छन् । उनले भनिन्-'आफ्नी छोरीविरुद्ध यति ठूलो अपराध गर्नेलाई त्यसै उम्किन दिनु हुन्न भनेर आफूले जिल्ला प्रहरी कार्यालयमा उजुरी दिन आएकी हुँ ।'
पीडित पक्षको उजुरी पश्चात् आरोपितहरूलाई कार्यालयमा झिकाउने काम भइरहेको जिल्ला प्रहरी कार्यालय, पर्वतका असई एकनारायण खनालले बताए ।
किशोर सापकोटा
संबंधित समाचारहरू
यौन दुर्व्यवहार गरेको कसुरमा १ वर्ष ६ महिना कैदको फैसला
१५ वर्षीया बालिकालाई यौन दुर्व्यवहारगरेको आरोपमा पुर्पक्षका लागि थुनामा रहेका गौरादह नगरपालिका–५ का ३० वर्षीय सान्तोष राईलाई जिल्ला अदालत झापाले मङ्सिर १९ गते १ वर्ष ६ महिना कैद सजायको फैसला…
मुुख्यमन्त्री सहभागी कार्यक्रमलाई लक्षित गरेर बम विष्फोट
कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही सहभागी कार्यक्रमलाई लक्षित गरेर प्रतिबन्धित नेकपाका कार्यकर्ताहरूले बम विष्फोट गराएको स्थानीयले बताएका छन् । अन्तर जिल्ला जोड्ने सडकको शिलान्यास गर्न मङ्सिर १९ गते हुम्ला आउनु…
लैङ्गिकमैत्री समाज बनाउन पुरुषको साथ अनिवार्य
लैङ्गिक हिंसा विरूद्धको १६ दिने अभियान जारी छ । अन्तर्राष्ट्रियस्तरमै नोभम्बर २५ देखि डिसेम्बर १० सम्म लैङ्गिक हिंसा विरूद्धको दिवस मनाउने गरिन्छ । यस अवधिमा सचेतनामूलक कार्यक्रम सञ्चालन गर्नुका साथै…
बालविवाह गरेको कसुरमा ६ महिना कैदको फैसला
१६ वर्षीया पुजा भनिने कविताकुमारी रामसँग बालविवाह गरेको आरोपमा कञ्चनरुप नपा–९ रुपनगरका १९ वर्षीय मनिषकुमार साहलाई मङ्सिर १९ गते जिल्ला अदालतले ६ महिना कैद र ५ हजार रुपियाँ जरिबानाको फैसला…
इन्सेकद्वारा उपनिर्वाचन अनुगमन प्रतिवेदन सार्वजनिक
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले गत मङ्सिर १४ गते सम्पन्न भएको प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहको उपनिर्वाचनको अनुगमन प्रतिवेदन मङ्सिर २० गते सार्वजनिक गरेको छ । आफ्ना प्रतिनिधि तथा…