बाल विवाह घटनाका आरोपितविरूद्ध प्रहरीमा उजुरी

  ०७६ जेठ २६ गते

१४ वर्षीया बालिकालाई फकाएर विवाह गराएको आरोपमा बेसीशहर नगरपालिका–८ की ३१ वर्षीया सुकुमाया नेपाली र गोरखा जिल्ला बारपाक घर भई पोखरा बस्दै आएका शिव नेपालीविरूद्ध जेठ २४ गते पीडित पक्षले प्रहरीमा उजुरी दिएको छ ।

पीडित बालिकालाई जेठ २२ गतेबाट घरमा नभएकी बालिकालाई सुकमायाले शिवसँग भगाएको भन्ने थाहा पाउनसाथ उनीविरूद्ध उजुरी गरेको पीडित बालिकाकी आमाले बताइन् ।

आरोपितको खोजतलासपछि छानविन गरेर कानुनी पक्रिया अनुसार कारवाही गरिने जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर बसन्त पाण्डेले बताए ।


दलबहादुर मजाकोटी